१ पुस,
पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५५५ नमूनाको पीसीआर परीक्षण गरिएको छ। यसमध्ये ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। यस्तै, अहिलेसम्म १८ लाख ४९ हजार १३६ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ९ हजार ७५७ रहेको छ। यसमध्ये संस्थागत आइसोलेसनमा ३६६३ र होमआइसोलेसनमा ६०९४ रहेका छन्।
यस्तै, सोही अवधिमा ८४७ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको मन्त्रालयले जनाएको छ। हाल आईसीयूमा २८९, भेन्टिलेटरमा ५९ र क्वारेन्टिनमा ४५२ जना रहेका छन्।