अनिल खत्री
२ पुस, गुल्मी ।
गुल्मीमा राष्ट्रिय परिचयपत्र लिन १०१ वर्षिय बृद्धले बिवरण दर्ता गराएका छन् । जिल्लाको मुसिकोट नगरपालिकामा चलिरहेको दर्ता संकलन कार्य वडानम्बर –१ निवासी १०१ वर्षिय डिलाराम गौतमले राष्ट्रिय परिचयपत्र लिन बिवरण दर्ता संकलन गराएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्लामा
अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिबिरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई तिब्र पारिएको छ । जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएको सम्पन्न भएका छन् ।
जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा बिवरण दर्ता कार्य सुरु भएको छ । मुसिकोट नगरपालिकामा कार्य जारी रहेको छ ।
जिल्लामा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६० जनादर्ता संकलक मार्फत टोलि खटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।