पुष ५
बुटवल पोखरा सडक अन्र्तगत पाल्पाको रम्भा गाउँपालिकाको पिपलडाँडामा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
बा ५ ख ९१ ५३ नम्बरको सिमेन्ट बोकेको टिप्पर सडकबाट कम्तीमा १ सय मिटर तल खोलामा खसेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ज्ञान बहादुर बिकको उद्धार गरि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाको सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । टिप्र चालक प्रहरीको नियन्त्रणमा छन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।