अजय खड्का
१२ पुस, गुल्मी ।
गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १३ भगारि बस्ने २६ वर्षको को टोप बहादुर रजालि र २३ वर्षको बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक एसपी प्रविणलाल श्रेष्ठले बताए ।
बुटवलबाट खाद्ययन्न बोकेर तम्घास तर्फ आउदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी स्थित मसिने खोलामा राती करिव २ ः ३० बजो ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरी उपरिक्षक एसपी प्रविणलाल श्रेष्ठले बताए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्ट मार्टकको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।