महेश बोहरा गुल्मी
पौष १२
आन्तरिक पर्यटन पुर्नुत्थान समिति लुम्बिनी प्रदेशका सदस्यहरुले गुल्मी जिल्लाको ऐतिहासिक, धार्मिक एवं पर्यटकिय क्षेत्र रेसुङ्गाको अवलोकन भ्रमण गरेको छ ।
आइतबार बिभिन्न जिल्लाका सदस्यहरुले उक्त स्थानमा अवलोकन भ्रमण गरेका छन । दिगो पर्यटनको मुख्य आधार आन्तरिक पर्यटक नै भएको बक्ताहरुले बताए । बेला बेलामा आउने बिभिन्न महामारी तथा भैपरी आउने अबस्थाका कारण बिदेशी पर्यटक भित्रने क्रममा बाधा हुने भन्दै सरोकारवालाहरुले आन्तरिक पर्यटन बिकासमा जोड दिनु पर्ने बताए । आन्तरिक पर्यटन पुर्नुत्थान समिति लुम्बिनी प्रदेशले गरेको अवलोकन भ्रमण कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
दिगो पर्यटन आन्तरिक नै भएको भन्दै बक्ताहरुले अहिलेको अबस्थामा पर्यटन क्षेत्रलाई गतिसिल बनाउन तिनै तहका सरकारले बिशेष कार्यक्रम थाल्नु पर्नेमा उनिहरु एक मत भए । आन्तरिक पर्यटनको बिकास र समस्या बारेमा बुझ्न कार्यक्रम गरिएको बताउदै आन्तरिक पर्यटन पुनस्र्त्थान समिती लुम्बिनीका सम्योजक कृष्ण सागर अधिकारीले थला परेको पर्यटन क्षेत्रको बिकासका लागी तिनै तहका सरकार र जनताको भुमिका बढाउनु पर्ने बताउनु भयो । अहिले कै अबस्थामा बिदेशी पर्यटक आउने सम्भावना नरहेको भन्दै अधिकारीले सबै मिली आन्तरिक पर्यटनलाइ बढावा दिनु पर्नेमा जोड दिनुभयो ।
यस्तै एक परिचयात्मक कार्यक्रmममा गुल्मीको तम्घासमा रेसुङ्गा नगरपालिकाका मेयर डिल्ल्ीराज भुसालले रेसुङ्गा क्षेत्रको पर्यटन बिकासमा सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो । यस्तै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले मुसिकोट नगरपालिकामा ¥यापटिङ्गको राम्रो सम्भावना रहेकाले त्यस लाग्नको लागी ब्यवसायीलाई आग्रह गर्नुभयो ।
बक्ताहरुले कोरोना त्रास अझै कायमै रहेको भए पनी सकारात्मक प्रचार प्रसारको आबस्यकतामा जोड दिए । उनिहरुले आफुहरुले बिकाशका कार्य नभई प्रचार कार्यमा सहयोग पु¥याउने बताएका छन ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल यस्तै संयोजक कृष्णसागर अधिकारी पर्यटन बोर्डका प्रदिप गैरे, नवराज भुसाल, सल्लाहकार माधब नेपाल, सदस्य सुन्दर गौतम, भास्कर काफले, लक्ष्मी क्षेत्री, कष्ण भट्राई, रचना पन्थ, बी टेलिभिजनका महेश बोहरा लगाएतको उपश्थिीती रहेको थियो ।