पौष १२
कुनै जमाना थियो रिडीबजार झरेपछि यहाँको प्रसिद्ध चुकौनि अचारको स्वाद नचाख्ने हो भने रिडी पुगेको कुनै अर्थ थिएन ।
पवित्र रिडीधाममा बग्ने कालिगण्डकीको स्नान र ऋषिकेश सहित मठ मन्दिरको दर्शन गरेपछि यहाँ आउने दर्शालुहरु दहि चिउरा र चुकाउनि अचारको मज्जामा रमाउँथे ।
रिडीबजारमा रहेका हरेक पसलमा काठका आरिमा चुकाउनि अचार हुन्थ्यो र त्यो अचारको स्वाद अत्यन्तै तिख्खर हुन्थ्यो ।
पाल्पाको ख्याहा बाट दैनिक दहि बोकेर ख्यालि हरुले रिडीका होटलमा पुर्याउँथे र त्यहि दहिमा उसिनेको आलु मिसाएर मेथि बेसारले झानेको चुकाऊनि अचारको स्ंवाद खास्सा हुन्थ्यो ।
रिडी झर्ने हरु बजारकै मज्जैमा हुँगेलिको होटल भने पछि हुरुक्कै हु्न्थे ।रिडीबजारमा चुकाउनि जेरि हलुवा दहिचिउराका लागि ऋषिराम भट्टराइ अर्थात हुँगेली साइँलाको होटल भनेपछि एउटा ब्रान्ड नै थियो ।
सबै भन्दा गज्जब र मिठो परिकार मन्सुर र बम्बै सन मिठाइ बनाउने हुँगेली साइँलाको होटल चर्चा मा थियो तर डेढ दशक यता रिडीबाट वहाँ पलाएन भएसँगै बम्बैसन र मन्सुर मिठाई रिडीबाटै लोप भएको रिडी बजार कि बुद श्रेष्ठ ले बताउनु भयो ।
सुद्द कुराउनि र घिउबाट बन्ने बम्बैसन र मन्सुर नचाखेको धेरै वर्ष भयो हुँगेली साँइलदाइ ले रिडी छाडेपछि त यि मिठाइको सम्झना मात्र रह्यो बुद्ध श्रेष्ठको भनाइ छ ।
चुकाउनि दहिचिउरा मिसमास बम्बै सन मन्सुर जस्तै क्वएँचा पनि रिडीको ब्रान्ड हो तर त्यो मिठाई पनि आजभोलि देख्न पाइँदैन रिडी बजारकी मिना श्रेष्ठले भन्नु भयो ।
त्यसोत रिडीमा होटल हरु नभएका होइनन तर कसैले रिडीको पहिचान स्थापित गरेका परिकार बनाउँदैनन चुकाउनि अचार पनि फास्टफुड जस्तो भएको छ कोहि यो अचारका पारखि आए मात्र बनाइ दिन्छौँ नेवारि खाजा घर रिडीकि सन्चालक समेत रहेकी मिना श्रेष्ठको भनाइ छ ।
पछिल्लो चरण रिडी बजार धार्मीक पर्यटक हरुका प्रमुख गन्तव्य मात्र बन्दै छैन कि एसियाकै सुन्दर धार्मीक पर्यटन क्षेत्र बन्ने तयारीमा छ । पर्यटकलाइ आकर्षण गर्न पर्यटन सँस्कृतिको विकास गर्दा यहाँको खान्की पनि प्रमुख हो र पर्यटकहरूको रोजाइमा यी लोप भएका परिकार हरु पनि पर्ने हुँदा रिडी वासिले रिडीलाइ चिनाउने परम्परावादी परिकार हरुको संवाद फेरि व्युँझाउनु पर्ने रिडीबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।