पौष १२
गाउँपालिकाको ध्यानाकर्षण ः शिक्षक सरुवा हुन राजनितीक पाटी प्रवेश गर्नुपर्ने
शिक्षक सरुवा र नियुक्तिमा मालिका गाउँपालिकाले मनपरी गरेको भन्दै शिक्षक संघ मालिका र्ने बाध्यता भएको शिक्षकको गुनासो ।
नेपाल शिक्षक संघ मालिका गाउँपालिका गुल्मीले मालिका गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षक हकहितका निम्ति माग राख्दै र शिक्षामा स्थानीय तहले मनपरी गरेको भन्दै आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
मालिका गाउँपालिकाले गाउँ शिक्षा समितिबाट कार्यदलको सुझाव विपरीत एकपक्षीय रुपमा शिक्षाको दरबन्दी थपघट गर्ने, राजनीतिक आस्थाको आधारमा शिक्षकको सरुवा गर्ने र नियुक्ति गर्ने काम भएकोले शिक्षक संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गुल्मीका सहसचिव वासुदेव घिमिरेले जानकारी दिए ।
नेपाल शिक्षक संघ मालिका गाउँपालिका गुल्मीले कार्यदलको सिफारिस भन्दा फरक ढङ्गले मनपरी नगर्न, शिक्षक सरुवामा राजनीतिक आस्था बन्द गर्न, रोष्टर शिक्षक छनौट एकपक्षीय रुपमा नगर्न, प्राद्यानाध्यापक न्युक्ती नियमसंगत गर्न लगायतका विविध कुरामा प्रक्रिया अनुसार अगाडि बढेर नियम अनुसार काम गर्न आग्रह गर्दै नेपाल शिक्षक संघ मालिका गाउँपालिकाका अध्यक्ष भेषराज अर्यालले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउने क्रममा मालिका गाउँपालिकाका विद्यालयबाट प्रतिनिधिको रुपमा उपस्थित रहेका शिक्षकहरुले गाउँपालिकामा भएको शिक्षक सरुवा र नियुक्तिमा भएको मनपरी बिरुद्ध आवाज उठाएका थिए ।
गाउँपालिकाको छापहिलेमा रहेको सुर्यदय प्राथमिक विद्यालयमा प्राद्यानाध्यापकले कानुन विपरीत आफ्नै पद रिक्त भएको भन्दै आफैले हस्ताक्षर गरेर आफू रहेको दरबन्दीमा अर्को शिक्षक नियुक्ति गर्न सहमती दिएको भन्दै छापहिले माध्यमिक विद्यालयका शिक्षक लोकेश गिरीले आपत्ति जनाएका थिए । गाउँपालिका भित्र रहेका विद्यालयमा सरुवा हुनको लागि राजनितीक पाटी प्रवेश गर्नैै पर्ने, टिका लगाउनैपर्ने भन्दै शिक्षक संघ मालिका गाउँपालिकाले आपत्ति जनाएको थियो ।
ज्ञापनपत्र बुझ्दै मालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले शिक्षक संघका ९५ प्रतिशत माग पुरा भएको भन्दै केही मागमा सकारात्मक रहेको प्रतिक्रिया दिए । मालिका गाउँपालिकामा शिक्षाको गुणस्तर खस्केको गुनासो चारैतिरबाट आएको भन्दै सबै शिक्षकहरुलाई आफ्नो पेशागत मर्यादामा काम गर्न आग्रह गरे । गाउँपालिकाको तर्फबाट सबै शिक्षक बराबर भएकोले सबै शिक्षकको हकहितका लागि आफू काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । शिक्षकहरूको मागलाई सम्बोधन गर्दैै गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले शिक्षाको क्षेत्रमा कुनै राजनितीक रंग नमिसिएको र राजनिती नगर्न समेत सबै शिक्षकहरूलाई आग्रह गरे ।