पौष १२
भारतमा कोरोना भाइरस कोभिड १९ का कारण १ लाख ४७ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ । भारतमा हाल सम्म १ करोड १ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यसमध्ये ९७ लाख ६१ हजार मानिस उपचारपछि स्वस्थ भएका छन् । हाल २ लाख ७९ हजार १ सय ९५ जना मानिस उपचाररत रहेका छन् । त्यसमध्ये ८ हजार ९ सय ४४ जना भने गम्भिर अवस्थामा रहेको वल्डमिर्टरसले जनाएको छ ।