पौष १६
सामाजिक अभियन्ता तथा राजनितिक बिश्लेसक प्रकश पोखेलका पिता हिमनाथ पोख्रेलको स्वर्गारोहण प्रती नेपाली कांग्रेसका महामन्त्री डा शसांक कोइराला ले समवेदना प्रकट गर्नुभएको छ।तेस्रो पुण्य तिथिको दिन स्वर्गवासी आत्मा प्रती श्रद्धाञ्जली अर्पण गर्न पोख्रेल निवास कपिलवस्तु सम्म नेपाली कांग्रेसका महामन्त्री डा शसांक कोइराला, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रीहरु दिपक गिरि, मिनेन्द्र रिजाल, नेपाली कांग्रेस केन्दिय सदस्य तथा प्रतिनिधि सभा सदस्य अतहर कमाल, नेपाली कांग्रेस कपिलवस्तु का सभापती तथा पुर्व राज्य मन्त्री सुरेन्द्र राज आचार्य, बुद्धभुमी नगरपालिका कपिलवस्तु का मेयर केशब श्रेष्ठ, नेपाली कांग्रेस बुटवल उपमहानगर सभापती खेल राज पाण्डे, महसमिती सदस्य चित्र केसि, महाधिवेसन प्रतिनिधि चिरञ्जीवी पौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य हरि प्रसाद तिवारी महिला संघ रुपन्देही सदस्य गिता सेन लगायत नेपाली कांग्रेस, तरुण दल र ने बि सङ् का नेता तथा कार्यकर्ताहरु पुग्नुभएको थियो।
बि सं १९८९ मा गुल्मी नयाँगाउँ अरौदीमा जन्मनु भएका समाज सेवि हिमनाथ पोख्रेलले आफ्नो चौरासी पुजाको अवसरमा तुलादान बरावरको रकम नयाँ गाउँ माबी गुल्मि लाई दान गनुभएको थियो। विभिन्न समाजिक कार्यमा सहयोग पुराउदै आउनुभएका पोख्रेल बिगत ५ बर्ष देखि बाणगङ्गा (४, कपिलवस्तुमा बसोवास गर्दै आउनुभएका पोख्रेल का ८६ वर्षिय श्रीमती, ४ छोरिहरु र ५ भाइ छोराहरु हुनुहुन्छ।