कृष्ण अन्जान
रुरु
पौष १६
पवित्र रुरुधाममा धेरै अघि देखि बसाहा गोरु छाड्ने चलन थियो ।ठुलाठुला जुर्रा भएका वसाहा गोरु रिडी बजारमा घुम्थे धार्मिक मान्यता मा बसाहालाइ शिवजिको वाहनको रुपमा लिइन्थ्यो ।घर अगाडि बसाहा गोरु आएपछि स्थानिय हरुले घरमा पाकेको अन्न खुवाउँथे घाँस दिन्थे ।कुनै जमाना थियो बसाहा गोरु रिडी बजारका सान थिए ।
तर पछिल्लो चरणमा रिडी बजार बुढा खाडा गाई गोरु छाड्ने डम्पिङ साइट बनेको ।
यतिबेला रिडी बजार क्षेत्रमा साना ठुला बुढा खाडा गाई गोरुले फलफुल तरकारि किराना र होटल व्यापारी हरुलाइ हैरान पारेका छन ।
आँखा झिमिक्क गर्न हुन्न तरकारी फलफुल मा छाडा गाई गोरुले मुख गाडि हाल्छन रिडी बजार चोकैमा फलफुल र तरकारी पसल गर्ने विष्णु श्रेष्ठले भन्नु भयो ।
यस्तै समस्या छ चोकैमा फलफुल पसल गर्ने केशब पन्तलाइ पनि ।छाडा गाई गोरु हुलबाँधेर आउँछन र फलफुल मा मुख गाड्छन ग्राहकलाइ फलफुल बेच्न भन्दा गाइगोरु लखेट्दैमा दिन जान्छ केशव पन्तले गुनासो गर्नु भयो ।
दिउसमा बगर र बजार सँगै साँझ परेपछि चोक मा र राति स्थानीयका खेतबारिमा गाई गोरु चाहार्छन ।
चोकमा गाई गोरुले गाडि लाई साइड दिँदैनन र कति गाई गोरु दुर्घटनाको शिकार भएको छन ।
रिडीधाम मा रहेका धेरै जसो गाई गोरु अपाँग छन धेरै गोरुका खुट्ट भाँचिएका मात्र छैनन गाई गोरुका खुट्टामा धारिला हतियार पनि प्रयोग भएका छन ।केहिलाइ गाडिले ठक्कर दिएर घाइते छन भने केहि किसानका खेतबालीमा जाँदा किसानको प्रहार ले घाइते भएका छन ।
मुख्यतया गाइले दूध दुहुन्जेल खाने र बुढा भएपछि रिडी बजारमा ल्याएर छाडा छाड्ने गरेकाले पनि गाई गोरुको सँख्या धेरै भएको रिडीका समाजसेवी अजित श्रेष्ठको भनाइ छ ।
अझै पछिल्लो चरणमा जर्सी गाइ पालक हरुले बाच्छा पाएपछि ती बाच्छाको केही काम नहुने हुँदा ल्याएर रिडीमा छाड्ने गरिएको छ ।
रिडीधाम वासि हरुलाइ छाडा गाइले हैरान पारिरहेको बताइ रहँदा गाईगोरु माथि पनि ठुलै अन्याय भएको पाइएको छ ।
दूध दिँदा सम्म खाने दूध दिन छाडे पछि रिडीमा ल्याएर छाड्ने हरुले पशुमाथि अन्याय गरेको प्रष्ट छ ।
हिन्दु धर्ममा गाइलाइ गौमाता भनिन्छ त्यहि गौमाता माथि अन्याय र अधिकार हनन बारे को बोल्ने ।
यहाँ सम्म कि केही व्यक्ति ले गाइलाइ जँगलका बिचमा रुखमा बाँधेर छाडेको र दुई तीन दिन भोका प्यासा गाइलाइ उद्दार समेत गरिएको धार्मीक अभियन्ता हरु बताउँछन ।
समस्या गाई गोरुका कारणले होस या गाई गोरुलाइ लावारिस छाड्ने का कारणले होस तर यसको समाधान लागि स्थानिय तह धार्मीक सँघ सँस्था को पहलमा छाडा गाइगोरुको व्यवस्थापन रिडी बजारका लागि आवस्यक भएको छ ।