१६पौष
कृष्ण अन्जान
पवित्र रुरु धाममा पुग्नुलाइ हिन्दु धर्मावलम्वि हरुले दामोदर कुण्ड बाट मुक्त क्षेत्र हुँदै रिडीमा आइपुग्ने काली गण्डकीको स्नानलाइ प्रमुखताको रुपमा लिन्छन ।
पौष माघको कठ्याँग्रिने जाडोमा पनि कालिनदि मा डुबुल्की लगाउने धर्मावलम्विको ताँति कालि गण्डकी किनारमा भेटिन्छ ।
शास्त्र भन्छ मानिस जन्मीँदा लिएर आउने देव ऋण पितृ ऋण र ऋषि ऋण मुक्त क्षेत्रबाट बग्दै आउने कालिगण्डकीमा स्नान गर्नाले यी ऋण बाट मुक्ति पाइन्छ यहि मान्यतामा परापुर्व काल देखि रुरुधामको महत्त्व अत्यधिक छ ।
धर्मावलम्वि हरु आउँदै गर्दा कालिगण्डकी नदि तटमा व्यवस्थित नुहाउने घाटको समस्या बारे चर्चा गर्छन ।
माथि भर्खर लास पोलेर सलो पखाल्दै गर्दा तल तिर्थालु हरुले त्यहि सलो पखालेर खरानी सँगै मिसिएको गँगा जलमा डुबुल्की मार्दै गरेका हुन्छन भने त्यहि गँगा जल ले आचमन गर्न विवस छन ।
पहिले काली गण्डकी लामा चौतारीबाट बग्थ्यो र त्यतिवेला लामाचौतारि क्षेत्रमा केही व्ववस्थित थियो माथि तिर्थालु हरुले गँगा जलमा स्नान गर्थे रिडी खोला र कालिगण्डकीको दोभानमा दाहसंस्कार हुन्थ्यो तर काली गण्डकी वहाव पर पुगेपछि घाट व्यवस्थित हुन सकेन ।
यहि नदिको बालुवा दोहन गरेर राज्यका निकाय हरु चल्न थालेको बर्षौँ भयो तर एउटा व्यवस्थित शवदाह गृह वन्न सकेन इच्छाशक्ति नभए पछि केही काम पनि हुँदो रहेनछ रिडीका समाजसेवी अजित श्रेष्ठले पीडा पोख्नु भयो ।
पटकपटक विध्युतिय शव दाह गृह बनाउने घाट व्यवस्थापन गर्ने भनेर हल्ला चलाइयो बजेट आयो अब बन्छ भनियो तर वार्षिक रुपमा करोडौँ को वालुवा बिक्री बाट आउने बजेट यो क्षेत्रमा आधुनिक शव दाह गृह बनाउनु पर्छ भन्ने कुरा कसैको मनमा आएन ।
बग्ने पानी पवित्र हुन्छ भन्ने मान्यतामा मात्र यसक्षेत्र मा आउने हरुले कालिगण्डकीको तटमा स्नान गर्छन तर यसरी बग्ने पानीमा सलो पखालीए पछिको खरानी सहितको प्रदुषित पानी त बग्छ नै अँगार लास जलाएर रहेका आधा जलेका दाउरा पानीमा तैरि रहेको भेटिन्छ ।
लास ल्याएपछि लाशका कपडा लगाएत यहि गँगा जलमा फालिन्छ र तिनै फोहर बोकेर काली नदि पवित्र बनेर बग्छ ।
पछिल्लो चरणमा रिडीको बृहद गुरुयोजनाले स्वच्छ कालिगण्डकी बन्छ भनिएको छ तर पनि त्यो बनिरहँदा बर्तमान अवस्थामा लास जलाउने ठाउँ र नुहाउने ठाउँको ब्यवस्थापन अत्यावस्यक रहेको छ ।