हुकुम थापा
पौष १७, गुल्मी ।
चर्चित लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारीको सृर्जनामा रहेको नया गित ’साँचो मायाको’ गितको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय सर्जक एवम् गायक गणेश अधिकारी र अस्मिता क्षेत्रीको सुमधुर स्वरमा सजिएको गितमा सर्जक गणेश अधिकारीको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । एउटा बीबाहीत पुरुष र अवीवाहीत नारी बीच को प्रेम ले घर परीवार मा निम्त्याउने असर यस भीडीयो मा सन्देश प्रबाह गरिएको छ ।
सबैको आँखामा राख्दा पनि नविजाऊने सरल स्वभावका , निकै मिलनसार , सहयोगी भावनाका धनि गायक एवम् सर्जक अधिकारिको थुप्रै गितहरु चर्चित छन् ्र ति मध्ये अभाव , आशुको कारखाना , पासपोर्ट हरियो , नलाऊ झुटो प्रिरति , पिडाको राजधानि , मेरो असल साथि , मुटुको छेउकुना , देऊ न राधा देऊ , तल्लो जातैको लगायत थुप्रै गितगरु चर्चामा रहेका छन् ।
पछिल्लो समय मोडेलिङ्ग क्षेत्रमा एकछत्र राज गर्न सफल चर्चित कलाकार सारिका केसी र गायक स्वयम् गणेश अधिकारीको मनछुने अभिनयमा सजिएको गितको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना ’गुरुआमा’ले निर्देशन गर्नु भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । उनको वास्ताविक जन्म घर भने गुल्मी हो ।