चुरामणी तिमिल्सिना
पौष १७,
गुल्मी ।
लायन्स क्लव अफ काठमाडौ गुल्मिले आज गुल्मीका दुई बिध्यालयलाइ औपचारिक कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेको हो । गुल्मिको सत्यवति गाउँ पालिका वडा नं ४ ढाड गैरामा रहेको नबदुर्गा आधार्भुत बिध्यालयको बार्शिकउत्षब समारोहको शुभ अबसरमा बिधालयमा अध्यानरत १६१ बिद्यार्थीहरुलाइ न्यानो सुइटर इस्टेस्नरी सामान र नया परिमाजित नेपालको नक्सा सहित एटलस बितरण गरियको थियो वडा नं १ अस्लेवाका वडा अध्यक्ष तथा सामाजिक बिकास संयोजक भिमलाल पाण्डे को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लायन्स क्लव अफ काठमाडौ गुल्मिका पुर्ब अध्यक्ष तथा विशिष्ट समाजसेवि भिम प्रसाद पौडेल , ब्यापार संघ गुल्मिका अध्यक्ष युगराज न्यौपाने ,काठमाडौ गुल्मीका अध्यक्ष धुर्ब हरि ज्ञवाली ,क्लवका सदस्य टिकाराम पाण्डे विशिष्ट अतिथी रहनु भएको थियोे ।
बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष पितम्बर ज्ञवालीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमा बिधालयका प्रधानाध्यापक देवि प्रसाद भण्डारीले बार्सिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा प्रमुख अतिथी पाण्डे ले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक बिद्यार्थी र अभिभावक लगनसिल भएर लागेमा छोटो समयमै उपलब्धि हासिल हुने बताउनु भयो ।
यस्तै लायन्सका तर्फबाट पौडेलले सामाग्री प्रदान गर्दै लायन्सको औचित्य , यस सस्थाले गर्ने काम कर्तव्य अधिकार ,हाल सम्म यस सस्थाले गरेका कामको लामो समय सम्म चर्चा गर्नु भयो।कार्यक्रममा जनप्रतिनिधी, पत्रकार, दान दाता ,भुमिदाता, अभिभावक लगायतको सहभागिता रहेको थियोे। कार्यक्रमको संचालन शिक्षक पिताम्बर ज्ञवालीले गर्नु भएको यियो । यस्तै सुक्रबार नै रुरु क्षेत्र गाउँ पालिका वडा न ६ रिमुवामा रहेको जनसहयोग माध्यमिक बिधालयमा ६० जना बिद्यार्थीहरुलाइ लायन्स क्लव अफ काठमाडौ गुल्मीले स्टेसनरी सामान एटलस बितरण गरेको हो ।
क्लवले बिध्यालय ५ हजार लि: क्षमताको खानेपानी टंन्की निर्माण कार्यका लागि सबै खर्च लाग्ने रु १ लाख पचास हजार रुपैया बिध्यालय प्रधानाध्यापक मणिराम पौडेल, वडा अध्यक्ष गिरि बहादुर सिन्जाली र समिती अध्यक्ष घन बहादुर घर्तिमगर लाई सामुहिक रुपमा चेक हस्तान्तरण गरेको लायन्सका अध्यक्ष धुर्ब हरि ज्ञवालीले बताउनु हयो । बिधालयका प्रधानाध्यापक पौडलले यस्तो सहरानिय कार्य गरेपापत लायन्सलाई आभार प्रकट गर्नु भएको छ ।