१९ पुस
कृष्ण अन्जान
रुरु
आफ्नो माटो र मातृभूमि कस्लाइ प्यारो हुँदैन र केही समय अवसरको खोजिमा गाउँ छोडेपनि जिवनका पुर्वार्धमा गाउँ र जन्मठाउँको मायाले सबैलाई तान्दो रैछ ।
रुरुक्षेत्र गाउँपालिका वडा न १ ठाडाबाटाका ऋषिराम ज्ञवाली करिव ३० वर्षको शहर बसाइलाइ पुर्ण विराम दिँदै आफ्नो पुर्ख्यौली थलो च्यूरेकको राताखर्कमा फर्केर बाँझो र बन्जर बारिलाइ खनखोरस मात्र होइन आफुले शहर तिर जानेको जडिबुटी औषधि बनाउने सिपलाइ सदुपयोग गर्दै बारिमा आयुर्वेद औषधि जन्य जडिबुटी लागाउन शुरु गर्नु भएको छ ।
अवसरको खोजिमा शहर पसियो वसियो तर समयले गाउँ माग्यो र फर्केँ गाउँमा जस्तो आत्मियता शहरमा हुँदैन भाइ ऋषिराम ले भन्नु भयो । आजिवन व्रम्हचर्यमा वस्नु भएका ज्ञवाली योग गुरु पनि हुनुहुन्छ र यसक्षेत्रका विध्यालय हरुमा योग शिक्षाको तयारी गरिरहनु भएको छ ।
रुरुक्षेत्र १ च्यूतेक उपल्लार का ओम ज्ञवाली लाई गाउँ भनेपछि हुरुक्कै छ ।वरिष्ठ लोक गाएक तथा सँगितकार समेत रहेका ओम ज्ञवाली महिनाको दुइचार दिन गाउँमै वस्नु हुन्छ ।पछिल्लो पटक त स्थानिय नेटाइ पोखरिमा नयाँ घर बनाएर अब गाउँ फर्कने सँकेत दिनु भएको छ ।
यो आत्मियता सँग टाढा हुने कुरै भएन यहिमाटो मा पसिना बगाइयो मुरलि बजाउँदै बनतिर स्याउला काटेको मादल खैँजडि हार्मोनियम बजाएर यहि गाउँ सँगित सिकेको आटो रोटो खाएर रमाएको बिर्सन सक्दिन गाउँ आउँदा माटो बसाउँछ ओम ज्ञवालीको भनाइ छ ।
च्यूरेक प्राविमा लामो समय अध्यापन गरेर भैरहवा तिर सर्नु भएका सुर्य प्रसाद खनाललाइ पनि आफ्नो गाउँको मायाले तानेको छ ।दिनदिनै फोनमा गाउँघरको हाल खवर सोध्ने खनाल पनि शहरको देखावटि बैभवता भन्दा गाउँको सरल पन नैआत्मिय भएको बताउनु हुन्छ ।
च्युरेक गाउँबाट करिव ७० प्रतिशत वासिन्दा शहर पलाएन भएको तथ्यांक थियो तर पछिल्लो चरणमा यो घटेर ५० प्रतिशतमा झरेको छ ।यो शुखद पक्ष हो ।
त्यसोत गाउँ नछाडेका अभियन्ता हरु पनि धेरै छन ।प्रदेश साँसद कमल श्रेष्ठ को घर पनि रुरु ३ थानपतिमा पर्छ ।तर शहरको बसाइ वहाँलाइ पटक्कै मन छैन र गाउँ छाड्ने हरु प्रति सधै वहाँको गुनासो छ ।परिश्रम र पौरखताले गाउँकै माटोमा सुन फल्छ भन्नुहुने साँसद कमलराज श्रेष्ठले आफ्नै घरमा तरकारी खेती कुखुरापालन गरेर सबैलाइ स्वावलम्वी बन्न प्रेरित गर्नु भएको छ ।
रुरुक्षेत्र गाउँपालीका अध्यक्ष निलकण्ठ गौतमलाइ त बारिमा एक दुई घन्टा परिश्रम नगरि चित्तै बुझ्दैन ।गाउँ पालिकाको कामबाट फुर्सद निकालेर अध्यक्ष गौतम बारिमा तरकारी खुर्सानी कागतिको खनजोत स्याहारसुसार गर्न रमाउनु हुन्छ ।
जीवन भरि आदर्शको राजनीति गर्नु भएका निलकण्ठ गौतम कसैले गाउँ छाडेर जाने कुरा गरे रिसाउनु हुन्छ ।रुरुक्षेत्र गाउँ पालिकाको अध्यक्ष भै सकेपछि युवा हरुलाइ कृषि पशुपालन लघु उधोगमा लाग्न उत्प्रेरित गर्नु गौतमको पहिलो अभिष्ट हो र गाउँमै रोजगार सिर्जना गरेर पलाएन रोक्नु पर्ने धारणा वहाँको छ ।
निश्चचय पनि गाउँको सरलता सौन्दर्यता र आत्मिय पनाको मापनको आधार छैन ।गाउँ फर्केर आफ्नै थात थलोमा रमाउन सके गाउँ समृद्धि हुनेमा दुइमत नहुने भएको छ ।