१९ पुस
चुरामनी तिमिल्सिना
गुल्मी सत्यवती गाउँ पालिका वडा न १ अस्लेवा चौर निवासी जनता माध्यमिक बिध्यालयका आजिवन सदस्य, समाजसे वि शिक्षा प्रेमी देवि प्रसाद पाण्डे र यमकला पाण्डेका दुई छोराहरुले आफैले पडेको बिध्यालयमा जन्मदिनको अबसर पारेर सहयोग प्रदान गरेका हुन्। रोजगारिको सिलसिलामा हाल दक्षिण कोरियामा रहनु भएका बिष्णु पाण्डेको पौष ७ गते जन्म उत्सब र भाइ नारायण पाण्डेको पौष १८गते जन्मदिन परेकोले दुई भाइले बिध्यालयका लागि सुचना प्रबिधि लाई अगाडी बडाउन रु ३० हजार बराबरको डिजिटल सुचना पाटी प्रदान गर्नु भएको हो। पाण्डे दाजु भाइले बिगतका बर्षहरुमा पनि जन्म दिन्को अवसर पारेर राम मन्दिर वृद्ध आस्रममा पनि भक्तभक्तेनी आमा बुवाहरुलाइ भोजन गराउनु भएको थियो । आफुले कमाएको थोरै भएपनि आफैले क ख रा पडेको स्कुलमा सहयोग गर्न पाउदा आफुहरु खुसी भएको उहाँहरुले बताउनु भयो। यस्तै पाण्डे परिवारले रुरु धाममा सन्चालन भएको रुरु धार्मिक सेवा सन्चार प्राली कार्यलय लाई पनि आउँदा दिनहरुमा जिन्सी सामाग्री प्रदान गर्ने बिष्णुले जान्कारी दिनु भयो। यता सामाग्री सुचना बोड सुरु बिध्यालयका प्रधानाध्यापक युगराज पाण्डेले हाम्रो बिध्यालय क्रमश सुचना प्रबिधि माध्यममाट अगाडी बडेको बताउदै सहयोग दाता प्रती धन्यवाद दिनु भएको छ ।