२० पुष
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । धनगढीबाट बझाङतर्फ गईरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउँपलिका–९ बाँजपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक बझाङ बित्थडचीर गाउँपालिका वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।
चालक नरेन्द्र महराको दुवै खुट्टा भाचिएका छन भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ ।
घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटिसकिएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए।