२० पुष
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले नयाँबजारबाट आयुष थापामगर र बालाजुबाट रोशन लामिछानेलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार थापामगर र लामिछाने दुवै चोरीको मोटरसाइकलमा सवार थिए । थापामगर धादिङका हुन् भने लामिछाने दोलखाका हुन् । उनीहरु दुवै काठमाडौंमा बस्दै आएको र मोटरसाइकल चोरीमा संलग्न रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ