कृष्ण अन्जान
रुरु
पुस २३
जीवन सपना हो , सपना उनिन्छन बुनिन्छन जोडिन्छन तोडिन्छन जोडिएका सपना हरुले आफ्नै महत्त्व राख्छ तर सपना तोडिए भने
रुरुक्षेत्र गाउँ पालिका १ कि राधा ज्ञवाली यतिबेला सपना तोडिएको जिवन जिउँदै हुनुहुन्छ ।
बाला उमेरमै दैवले दृष्टि खोसेपछि राधा दिदीका लागि सँसार अँधेरो छ तर पनि भित्रि आँखाले उज्यालोको आशा गर्नु हुन्छ ।
रुरुक्षेत्र १ को अम्लपाटा राधा दिदीको घर पुग्दा मन भक्कानिन्छ ।
८० वर्ष पूरा गरेकी आमा ८५ वर्ष पुरागरेका बाबा आमा दृष्टिविहिन बाबू को बुढेसकाल र रोगि तिनै राधा दिदी हुन ती वृद्ध को सहारा ।
आँखाले केही देख्नु हुन्न तर विहानै देखि घर धन्दा दैलो कुचो ढिकी जाँतो सँगै भैसिको गोठ्ल्याइँ भात भान्सा बा आमाको हेर चार स्याहारसुसार सबै राधा दिदीको काँधमा छ ।
के गर्ने बा आमाको सहारा म नै हुँ मैले स्याहारसुसार नगरे कस्ले गर्छ र राधा दिदीले भन्नु भयो ।
सबै भन्दा दुख त करिव पन्द्र मिनट टाढाको पँधेरो बाट खान र बस्तुभाउका लागि गाग्रीमा पानी बोकेर राधा दिदी आएको देख्दा कस्को मन सम्हालिन्छ र
तीन दिदी वहिनीमा जेठि राधा दिदी माइतमै बस्नु भयो माइलिको विवाह भयो र घरजम गर्दै हुनुहुन्छ भने कान्छि लाई उमेरैमा दैवले चटक्क चुँडेर लग्यो ।राधा दिदीका लागि बृद्धअबश्था का बाबू आमा को स्याहार सुसार कर्तव्य बन्यो ।
आँखा देख्नु हुन्न तर गाग्री मा पानी बोकेर छमछमाउँदै हिँडेको देख्दा मन खिन्न हुन्छ आकासको पानी सँकलन गर्ने घैँटो बनाइ दिन पाए राधा दिदीलाइ सजिलो हुन्थ्यो भँडारतुमका युवा समाजसेवी गोपाल विश्वकर्मा भन्नु हुन्छ ।
तर राज्यको आँखा राधा दिदीको पिडामा पर्दैन ।हावामा विकासका फोस्रा गफ हाँक्ने राजनितीक दलका नेता कहिल्यै राधा दिदीको दुखेको घाउमा मलम लगाउन पुग्दैनन ।
तिनै राधा दिदीको घर माथि स्थानीय निकाएले डोजर लगाउँछ तर बाटा मुनि दुखको जिन्दगी जिउने राधा दिदी र बा आमा का समस्या सोध्न फुर्सद छैन जन प्रतिनिधि लाई ।हुनेखाने र पहुँचका भरमा च्यूृरेकका घरघरमा पानी सँकलन गर्ने घैँटा बन्दा कसैको नजर राधा दिदीले छमछमाउँदै पँधेरा बाट बोक्ने पानीको पीडा जन्य गाग्रीमा पर्दैन ।
जहाँ आवस्यकता छ त्याहाँ विकास पुग्नु पर्छ करिब साढे पाँच दशक तिर पाइला चालेकी राधा दिदीको यो पिडामा सँघ सँस्था राज्यका निकाय स्थानिय तह र सबै पहुँचवालाको ध्यान जानू आवस्यक रहेको रुरु बाट कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।