पुष २३
गुल्मी । जिल्लाको दुई स्थानीय तहमा रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकर्ताहरू कुनै पनि पक्षको गुट भेलामा सहभागी नहुने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गर्दै निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित अवस्थामा पुगेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु, पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालहरू एक पक्षमा देखिएका छन् भने अर्को पक्षमा प्रधानमन्त्री ओली पक्ष छ।
यी दुवै पक्षले जिल्ला(जिल्लामा एक अर्कोविरुद्ध गुटभेला र सभाहरू गरिरहेको छ। तर, गुल्मीको कालीगण्डकी र सत्यावती गाउँ कमिटीले कुनै पनि पक्षको गुटगत भेलामा उपस्थित नहुने र एकताको वातावरण निर्माण गर्न नेतृत्वलाई आग्रह गरेको हो।
यही अवस्थामा आफूहरू कुनै गुटको भेला तथा गतिविधिहरूमा सहभागी नहुने र स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पनि सहभागी नहुन आग्रह गरिएको कालीगण्डकी गाउँपालिका नेकपाका अध्यक्ष रामजी ढकाल र सचिव मोहोनीलाल भट्टराई द्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीमा देखिएका पछिल्ला गतिविधिहरूले आम जनता र कार्यकर्तामा उत्पन्न भएका चिन्ताप्रति गम्भीर बन्न पनि आग्रह गरिएको छ। पार्टीबाट नेपाली जनताले ठूलो आश र विश्वास गरेकाले यसलाई गुम्न दिन नहुनेमा कालीगण्डकी कमिटीले जोड दिएको छ।
यस्तै, सत्यवती गाउँपालिकाको नेकपा कमिटीले पनि आफूहरू रमातहतका कमिटीलाई कुनै पनि गुटका भेला तथा कार्यक्रमहरूमा नजान आग्रह गरेको छ। अध्यक्ष ठगप्रसाद ज्ञवाली र सचिव जितु तरामु मगरले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरू अझै पनि एकताको पक्षमै रहेको उल्लेख छ।
जनताले पाँच वर्षको स्थीर सरकार बनाउन जनमत दिएर पठाएकाले यसको पनि कदर गर्न केन्द्रीय नेतृत्वलाई स्थानीय कमिटीले सुझाव दिएको छ।