पुष २३
नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच विहीबार भेटवार्ता भएको छ ।
संसद विघटनपछि नेकपा दुई समूहमा विभाजित भएका बेला चिनियाँ राजदूत यान्छीसँग उपाध्यक्ष गौतमले गरेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
विहीबार दिउँसो नक्सालमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।नेकपाभित्र विवाद हुँदा यसअघि पनि चिनियाँ राजदूत यान्छीले नेताहरुसँग भेटवार्ता गरेकी थिइन ।
विभाजित नेकपालाई एकता गराउने अभियानमा आफू लागेको बताइरहेका उपाध्यक्ष गौतम हालसम्म कुनै पनि समूहमा खुलेर लागेका छैनन ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेका छन् ।
प्रचण्ड(नेपाल समूहले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सडक संघर्ष जारी राखेका छन् ।