२४ पौष
गुल्मी ।
गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ४ रेमी स्थाई घर भई हाल बेलायत स्थित टनब्रिज केण्टमा बस्दै आएका बिजय कुमार पुन र उनकी श्रीमती रत्ना कुमारी गुरुङको ४ दिनको अन्तरमा निधन भएको हो ।
कोरोना संक्रमित रत्ना कुमारीको उपचारका क्रममा गत जनवरी ३ तारिखका दिन बष्मकतयलभ बलम त्गलदचष्मन धभििक ज्यकउष्तब िमा निधन भएको थियो । श्रीमतीको निधन भएकै अस्पतालमा श्रीमान बिजय कुमारको जनवरी ०७ मा निधन भएको गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष तथा सल्लाहकार ओम प्रसाद थापा काउचाले जानकारी दिए ।
पत्नीको निधन कोरोना संक्रमणबाट भएपनि पतिको भने जन्डिस र लिभरको समस्याका कारण मृत्यु भएको जनाईएको छ । गुरुङ गुल्मी जिल्ला समाज यूके, भार्सेली समाज युके, हङकङ नेपाली मञ्च यूके लगायतका संघसँस्थासँग आवद्द थिए ।