२४ पुष ।
डल्लपमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु
बर्दियामा सवारी दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका १ डुम्रेनी बस्ने २२ बर्षिय त्रिभुवन आचार्यको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।
उनी सवार मोटरसाइक बिहीबार राति मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पस नजिक डल्लपमा ठोकिँदा आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको उपचारका लागि मेडिकल कलेज कोहोलपुर लैजाने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा सवार रहेको अर्का एक जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका १ डुम्रेनीकै अन्दाजी २२ वर्षीय तीर्थ आचार्य घाइते भएको प्रहरीले जनाएको छ ।
उनको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको ईलाकाप्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।
कुहिरो लागेको र डल्लपमा रिफ्ल्याक्टर नभएका कारण रातिको समयमा डल्लप नदेखिएकोले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।