कृष्ण अन्जान
रिडी २४ पौष
नेपाल सरकारले सन्चलन गरेको कार्यक्रम रुरुक्षेत्र गाउँ पालिका गुल्मीमा प्रभावकारी सावित भएको छ ।
रिडी बजारको रुरु स्वास्थ्य केन्द्रमा पुग्दा रुरुक्षेत्र गाउँ पालिका ३ का सत्तरी वर्षिय नित्यानन्द ज्ञवाली गएको असारमा गरिएको स्वस्थ्य विमाको कार्ड लिएर उपचारका लागि टिकट काट्नु भयो चेक जाँच भयो भिडीयो एक्सरे गरियो र अौषधि दिइयो ।तर उपचारको सामान्य शुल्क पनि लागेन ।
छोरिले विमा गरिदिएकी थिइन अौषधिमुलो भिडियो एक्सरे निशुल्क भयो दवाइ पनि पाएँ यो दवाइ ले नभए यो विमा कार्ड पाल्पाको मिसन अस्पताल गए पनि हुन्छ प्रवासको लुम्बिनी मेडिकल कलेजमा पनि निशुल्क उपचार हुने डाक्टरले भन्नु भएको छ नित्यानन्द ज्ञवालीले भन्नु भयो ।
नित्यानन्द ज्ञवाली जस्तै धेरै स्वास्थ विमा गर्ने हरु हातमा कार्ड बोकेर रुरु स्वास्थ्य केन्द्रमा आएको भेटिन्थे ।कसैले आफैले गरेको स्वास्थ विमाको कार्ड बोकेर आएको भेटिए भने कोहि घरमुलिको स्वास्थ्य विमाको नम्बर भिडाउँदै उपचारको पर्चि काट्ने तयारी मा थिए ।
दैनिक ३० र ४० को सँख्यामा स्वास्थ विमा गरेका सर्व साधारण हरु रुरु स्वस्थ्य केन्द्रमा आउने गरेको त्यहाँ कार्यरत स्वास्थ प्राविधिक रेश्मा गौतमले बताउनु भयो ।
बृद्धअबश्थाका बा आमा देखि वयस्क नावालिग शारिरिक अपाँगता भएका समुदायका सवै सर्वसाधारण स्वास्थ विमाको कार्ड बोकेर आउनु हुन्छ र निशुल्क उपचार गरेर जानू हुन्छ यहाँ उपचार सम्भव भए सम्म यहिँ उपचार हुन्छ नभए अन्यत्र जान सल्लाह दिन्छौँ स्वास्थ प्राविधिक गौतमले बताउनु भयो ।
आफुले गरिरहेको स्वास्थ्य विमाले विमीत हरु पुर्ण लाभान्वित भएकोमा स्वास्थ्य विमा अभिकर्ता हरु पनि सन्तुष्ट देखिएका छन ।
गुल्मीमा स्वास्थ विमा शुरु भएपछि विमा अभिकर्ता बनेर सयौँको स्वास्थ विमा गरिसकेका रुरुक्षेत्र ३ का राजेन्द्र ज्ञवालीले स्वास्थ विमाको प्रभावकारीता अत्यधिक भएको प्रतिक्रिया दिनु भयो ।
शुरुमा उत्प्रेरित गर्न अलि गारो भएपनि आजभोलि त घरै बोलाएर स्वास्थ विमा गराउने हरु बढेको ज्ञवालीको भनाइ छ ।
जनताको समग्र स्वास्थ स्थितीमा सुधार ल्याउने दिर्घकालिन लक्षले राष्ट्रिय स्वास्थ विमा नीति लागू भएको हो ।
पाँच जना सम्मको परिवारलाइ तीन हजार पाँच सय र त्यस भन्दा माथिका सदस्य लाई थप सात सय लिएर एक वर्षका लागि एकलाख सम्मको विमा हुने गरेको छ ।
यसै गरि अती गरिव अती असक्त एच आइ भि सँक्रमित र कुष्ठ रोगिलाइ परिचय पत्रको आधारमा विमा शुल्कमा एक सय प्रतिशत छुटको व्यवस्था छ ।
स्वास्थ विमा कार्यक्रममा सत्तरी वर्ष पूरा गरेका नागरिकका लागि विमाशुल्क सरकारले तिरिदिने व्यवस्था गरेको छ ।
जीवन निर्वाहका लागि सामाजिक शुरक्षा भत्ता र उपचारका लागि स्वास्थ विमाको व्यवस्थाले सरकार नागरिकका आधारभुत आवस्यक्ता र शुरक्षा सँगै बृद्द बृद्दाको सम्मान कुनै कसर बाँकि नराखेको यिनै कार्यक्रमले प्रामाणित भएको छ ।