पौष २५
रकम अभावमा मेखबहादुर जीवन मरणको दोसाँधमा, सिद्धबाबा स्कुल द्धारा सहयोग
रेसुंगा नगरपालिका– १४ पराल्मी टेकुवाका २१ वर्षीय मेखबहादुर पेमी गम्भीर रोगका कारण जीवन–मरणको दोसाँधमा पुगेका छन् । उनी डेढ वर्षदेखि बोनम्यारोले काम नगरेपछि एप्लाष्टिक एनिमियाँ रोगका कारण बिस्तारामा परेका छन् ।
शुक्रबार सिद्धबाबा स्कुल तम्घासले उनको उपचारको लागि १० हजार पन्ध्र सहयोग गरिएको संचारकर्मी सुमन पन्थीले जानकारी दिनुभयो । उनको शरीर आफैँले रगत उत्पादन गर्दैन । प्रत्येक महिना अरूको रगत चढाउनुपर्छ । डेढ वर्षदेखि अरूकै रगत चढाएर बचाइएको बुबा चन्द्रबहादुरले बताए । प्रत्येक महिना रातो र सेतो रगत गरेर आठ पोकासम्म रगत आवश्यक पर्छ ।
पेमी परिवारले रगतकै लागि मात्रै २५ देखि ३० हजार मासिक खर्च गरिरहेका छन् । चन्द्रबहादुरका ६ जना छोराछोरी छन् । आज कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थिद्धारा उनलाई सहयोग गरिएको हो । विद्यालयका प्रधानध्यापक डोरविक्रम श्रीसले पेमीको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । पेमीको उपचारको लागि विद्यार्थिले नास्ता समेत नखाएर उनलाई सहयोग गरेका हुन् ।