२५ पुष
रामकृस्ण कंडेल
,वामीटक्सार ।
मुसिकोट नगरपालिका ८ वामीमैदान स्थित शारदा बिधा मन्दिर मा वि लाई यस बिधालयका पुर्ब बिधार्थी तथा समाजसेवि ज्ञ्यानेस्वर काफ्लेले ९ रोपनी भन्दा बढी जग्गा निस्शुल्क प्रदान गर्नुभएको छ। साबिक वामी गा बि स ५ मा काफ्लेको नाममा रहेको कित्तानं ७४३को ९(०(३(२ क्षेत्रफलको जग्गा उपलब्ध गराई काफ्ले बिधालयको बरिस्ठ जग्गादाताको रूपमा रहनु भएको छ।
लामो समय अगाडि देखि सामाजिक सेवामा समर्पित काफ्ले लाई बिधालयको तर्फ बाट एक सम्मान कार्यक्रम आयोजनागरी बिशेष सम्मान गरियो।जग्गादाताको रूपमा ज्ञ्यानेस्वर काफ्ले र उहॉकी जिवन साथी हिरा काफ्ले लाई माला,अबिर र खादा ओढाई सम्मान गरिएको हो।
बिब्यस अध्यक्ष रामबहादुर बोहोरा,प्रधानाध्यापक ज्ञ्यानहरी सापकोटा,वडा अध्यक्ष नारायण सापकोटा लगायतले काफ्ले दम्पती लाई सम्मान गर्नु भएको हो।
कार्यक्रममा जग्गादाता काफ्ले मन्तब्य राख्दै आफुले आफ्नो जिवनको केहि समय यसै बिधालयमा अध्यन गरेको नाताले यस बिधालय लाई केहि सहयोग गरौं भन्ने महसुस भएको र जग्गा प्रदान गरिएको बताऊनु भयो।मर्दा साथमा लैजाने केहि होईन भन्दै जग्गादाता काफ्लेले शिक्षा क्षेत्रमा सानो भए पनि काम गरौ ,केही कृती छोटों भन्ने बिचारले आफ्नो परिवारले यो निर्णय गरेको धारणा ब्यक्त गर्नु भयो।
बिस्व सम्पर्क मन्च का अध्यक्ष समेत रहनु भएका काफ्लेले बिधालयको लागि निकै धेरै जग्गा उपलब्ध गराई जग्गादाताको रूपमा रहनु निकै ठुलो प्रसंसनिय कार्य भएको बिधालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाको भनाई रहेको छ।
यसै गरी सोही कार्यक्रममा वामी बिश्व सम्पर्क मन्चको तर्फ बाट मुनपा ८ मा रहेका ६ ओटा बिधालयका १७ जना बिधार्थी हरू लाई ४० हजार छात्रबृती बितरण गरिएको थियो।
शारदा बिधा मन्दिर मा वि का ३ जना बिधार्थी हरू लाई १२ हजार,मालारानी प्रा बि का ३ जना बिधार्थी लाई ६ हजार, शहिद सम्सेर प्रा बि का ३ जना बिधार्थी हरू लाई ६ हजार,देउराली प्रा बी का २ जना बिधार्थी हरू लाई ४ हजार,ठुलोखर्क प्रा बि का ३ जना बिधार्थी लाई ६ हजार र खड्क देबि प्रा बी का ३ जना लाई ६ हजार बितरण गरिएको हो।
छात्रवृति बितरण कार्यक्रममा संस्थाको तर्फ बाट सचिब रामचन्द्र सापकोटा,कोषाध्यक्ष महेस्वर घिमिरे,सदस्य लोकप्रसाद छन्तेलको उपस्थिति रहेको थियो।
वामी सेवा समिति जापानका सचिब गोकुल खत्री,शारदा बिधा मन्दिर मा बि का बि ब्य स,शिक्षक अभिभाबक संघ,सल्लाहकार समितिका पदाधिकारी हरूको समेत कार्यक्रममा शहभागिता रहेको थियो।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर बोहोराको अध्यक्षता तथा शिक्षक भिमसेन के सी को सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।