२५ पुष
गुल्मी
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस गुल्मी निर्वाचन क्षेत्र न २ प्रदेश क समितिले बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार बिरोध प्रदर्शन तथा बिरोध सभा गरिएको सभापति पूर्ण केसीले जानकारी दिए । बिरोध सभालाई नेपाली कांग्रेसका युवा नेता एवम् बिघटित प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली स्नेहीले सम्बोधन गरेका हुन् ।
बिरोध सभालाई सम्बोधन गर्दै सांसद रसाइलीले प्रधानमन्त्री ओलिले आफ्नो पार्टी भित्रको आन्तरिक कलहको कारणले संसद विघटन गरि असंवैधानिक कदम चालेर देशलाई अस्थिरता बनाउन खोजेको आरोप लगाए । कम्युनिस्टहरुले जनतालाई भ्रम छर्ने । देश र जनताको पक्षमा अहिलेसम्म कुनै काम नगरेको उल्ले गरे । मास्क लेनिन जन्मेको देशमा कम्युनिस्ट शासन नभई लोकतान्त्रिक व्यवस्था छ उनले भने, नेपालमा पनि कम्युनिस्ट शासनको लागू हुदैन ।
मदन भण्डारीको मृत्युको सम्बन्धमा म जस्ता धेरै नेपाली नागरिकले बुझेर मर्न चाएको उल्लेख गर्दै उनले के राष्ट्रपति र नेकपाका नेता कार्यकर्ताले यो विषयमा सत्यतथ्य बुझ्ने चाहना छैन रु प्रश्न गरे ।
नेपाली कांग्रेसका सचिव विष्णु कुमारी सापकोटा, कोषाध्यक्ष हरिबहादुर खत्री, महासमिति सदस्य शालिकराम पन्थी, जिल्ला सदस्य थम्मन केसी महाधिवेशन प्रतिनिधि डा।दामोदर भुसाल लगायतका नेताहरुले कार्यक्रममा आ(आफ्नो धारणा राखेका थिए । कार्यक्रम मोहन घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।