२५ पुस ।
वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । पारिवारिक स्रोतले बताएअनुसार शनिबार बिहान उनको निधन भएको हो ।
१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् ।
गायक दीप श्रेष्ठका अनुसार रिमाललाई उर्जाशील गीतकार हुन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो ।
रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् ।