ईश्वर सुवेदी÷सुरेश छन्त्याल
बागलुङ, पुस २५
नेपाली कांग्रेस बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेश सभा क ले आज गलकोटको हटिया बजारमा प्रतिनिधि सभा विघटन विरुद्ध विरोध सभा सम्पन्न गरेको छ ।
गलकोट नगरपालिका वडा नं ३ हटिया जिपपार्कबाट सुरु भएको रयालीले हटिया बजार परिक्रमा गरि शिवालयमा कोण सभामा परिणत भएको थियो ।
सरकारको संसद विघटनको असंवैधानिक कदम विरुद्ध आयोजित विरोध प्रर्दशन कार्यक्रममा बोल्दै संविधान सभा सदस्य निरज पुनले जनताको संविधान रक्षाको लागि संसद विघटन विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले कम्युनिष्ट सरकार संविधानको मुल्य मान्यता विरुद्ध उद्धत रहेको बताउदै अधिनायकवादि प्रवृत्ति देखा परेको बताउनुभयो । पुनले कुनै पनि हालतमा असंवैधानिक तथा अलोकतान्त्रिक रुपमा गरिएको संसद विघटन पुनः स्थापना हुनुपर्ने बताउनुभयो ।
उहाँले सालिन प्रतिपक्ष कांग्रेसलाई नेकपाले विरोध गर्न बाध्य पारेको र जनताको भावनाको कदर गर्न कांग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था आएको बताउनुभयो । पुनले पार्टिको गुटगत अन्तर संघर्षका कारण प्रतिनिधि सभा विघटन भएकोले उक्त विषय अदालतमा रहेको हुदाँ अदालतको निर्णयलाई आत्मसाथ गर्ने बताउनुभयो ।
उहाँले अदालतले असंवैधानिक कदमलाई सदर गरेमा निर्वाचनमा होमिने र बदर गरे वर्तमान प्रतिनिधि सभा मार्फत जनताका आकाँक्षा पुरा गर्न सशक्त्त रुपमा अग्रसर हुने बताउनुभयो ।
त्यस्तै सभामा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष उमेश गौतमले कम्युनिष्ट सरकार काण्डै काण्डमा फसेको बताउनुभयो । उहाँले ओली सरकारका ओम्नी काण्ड वाइडवडि काण्ड, निर्मला काण्ड सुनकाण्ड तथा घुस काण्ड प्रतिनिधिमुलक काण्ड रहेको दावी गर्दै कम्युनिष्ट सरकारले जनताको भावानको कदर गर्न नसक्ने बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सल्लाहाकार तथा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले संविधानमा नभएको अधिकार वर्तमान सरकारले प्रयोग गर्नु दुस्खद रहेको बताउदै प्रतिनिधि सभाको विघटन गैर न्यायिक, गैर चरित्र अनुसार भएको बताउनुभयो ।
उहाँले वर्तमान सरकारको उदेश्य निर्वाचन गर्नु नभएको बताउदै संसद विघटन देशमा अराजकता र अस्थिरता सिर्जना गर्न कदम रहेको बताउनुभयो ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं २ प्रदेश सभा क का प्रत्यासि उमेरद्धार मञ्जेश बम मल्ल, महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, जिल्ला संगठन विभाग प्रमुख, फम बहादुर खत्री, जिल्ला सदस्य राम प्रसाद कडेल, जिल्ला दलित विभाग प्रमुख रामप्रसाद बि।क, पुर्व महासमिति सदस्य डिलाराम शर्मा, बढिगाढ गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण गुरुङ, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य मन बहादुर खत्री, नेपाल महिला संघ गलकोट नगर सभापति मिना श्रेष्ठ,नव प्रवेसी नेपाली काग्रेसका सदस्य सुनिल परियार लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा संविधान सभा सदस्य नर बहादुर पुन नीरज र गल्कोट नगर पालीका का प्रमुख भरत शर्मा गैरेले फुलमालाले स्वागत गरि प्रबेस गर्ने कार्यकर्ताहरुलाइ पार्टीको सस्दयता प्रदान गर्नु भएको थीयो।
कार्यक्रम नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ बागलुङ प्रदेश सभा क का सभापति राम बहादुर खत्रीको अध्यक्षता, नेपाली कांग्रेस गलकोट नगरसभापति नारायणध्वज मल्लको स्वागत तथा निर्वाचन क्षेत्र नं २ बागलुङका सचिव तिलक घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।