पौष २८
कृष्ण अन्जान
रुरु
इतिहास मै पहिलोपटक रुरुधाममा माघे सक्रान्ति मेलामा रौनकता नआउने सँकेत देखिएको छ ।
माघेसक्रान्ति आउन २ दिन मात्र बाँकि रहँदा बगर क्षेत्रमा छाप्रा छाप्रि केही देखिँदैनन ।यो वर्ष कोरोना सँक्रमणका कारणले पनि मेलामा बगर क्षेत्रमा व्यापारी हरु नआउने देखिएको छ ।
यो वर्ष कुनै सँघ सँस्थाले मेला महोत्सव को आयोजना गर्ने आँट पनि गर्न सकेन ।
विगतमा उधोग वाणिज्य सँघ रिडि तथा रुरु फ्रेन्डस क्लवले माघेसक्रान्तिमा मेला महोत्सव आयोजना गर्ने गर्दथे तर यसपाली कुनै मेला महोत्सव आयोजना त गरिएन तर रुरु फ्रेन्डस क्लवले खेलकुद प्रतियोगिताको आयोजना भने गरेको छ ।
माघेसक्रान्तिको मेला आउनु भन्दा अगाडी नै बगरमा टहरा हरु बनाइन्थ्यो ।होटल तथा अन्य व्यापारी हरुले टहरामा डेरा जमाइ सक्थे तर यसपटक भने सामान्य फुटपाथका व्यापारी त आउलान तर फुटपाथमा व्यापारी हरुको भिडभाड कमै देखिने अनुमान गरिएको छ ।
रिडीबजारमा लाग्ने मेलाको विशेषता काली गण्डकीमा पन्चस्नान ऋषिकेश लगाएतका मठ मन्दिरमा दर्शन सँगै डोल्पा तिर बाट आउने कम्बल राडि पाखीको किनबेच सँगै डोका डाला सुपा ठेकि र अन्य आवस्यक्ता का बस्तु खरिद विक्रि प्रमुख हो ।हरेक वर्ष ३ दिन सम्म लाग्ने माघे सक्रान्ति मेलामा लाखौं भक्तजन हरुको आगमन रुरुधाममा हुने गर्थ्यो तर यसपाली यश वरिपरिका गाउँबाट परम्परा धान्न भक्तजन रिडीबजारमा आउने आँकलन गरिए पनि टाढाका भक्तजन आउने सँभावना देखिदैन ।
कोभिड ज्ञढ को असर ले लामो समय देखि यसक्षेत्रका होटल व्यवसाय चलेका छैनन ।
होटलमा आउने ग्राहकले पनि घरबाटै अर्नी बनाएर ल्याउने र होटलमा बसेर खाने गरेपछी होटलको व्यापार हुने कुरै भएन रिडी वसपार्कमा रेष्टुरेन्ट सन्चालन गर्ने मिना श्रेष्ठले भन्नु भयो ।
कोभिड ज्ञढ कै कारण विशेष सतर्कता अपनाउन सरकारले भनिरहँदा सामाजिक दुरी कायम गर्दै कोरोना बाट बँच्ने दायित्व नागरिकको भएकाले पनि मेला महोत्सव भिडभाड खासै कहिँ कतै नभइरहँदा यो वर्षको माघेसक्रान्ति रुरुधामका लागि विना रौनकतामै वित्ने रुरुबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।