१ माघ
अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका वडानम्वर १ तुम्कोट नेपाली टोल स्थित कमल वहादुर नेपालीकि श्रीमती हिरादेवी नेपालीको आफ्नै २३ बर्षयी छोरा विमल नेपालीको कुटाइबाट ज्यान गरेको छ ।
गएराति मदिराको मातमा कुटपिट गर्दा ५५ बर्षयी आमाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी सुजन शाहले जानकारी दिनुभयो ।
घरेलु हतीयार र पाईपको प्रहारबाट घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन । आमा र बुबालाई कुटपिट गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधव वुढाथोकीको नेतृत्वमा गएको प्रहरी टोलीले प्रकाउ गरि प्रहरी हिरासतमा राखेको छ ।
घटनाको बारेमा आफुहरुलाई जानकारी हुदा साथ प्रहरी संगै स्थानीय जनप्रतिनिधि लक्ष्मण पराजुली लगायतको टिम घटनास्थलमा पुगेको वडासदस्य लक्ष्मण पराजुलीले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।