कृष्ण अन्जान
रुरु १ माघ
धुलैधुलो सडक अव्यवस्थित रुरुधाम यो वर्ष माघेसक्रान्ति मेला को विशेषता बनेको छ ।
खासै रौनकता नदेखिने अनुमान गरिए पनि धार्मीक आस्थाकै आधारमा विगतको तुलना अलि कम दर्शनार्थी देखिए पनि कालिगण्डकीमा नुहाउने र भगवान ऋषिकेशको दर्शन गर्ने हरुको लर्काे भने राम्रै रहेको थियो ।
यो वर्ष बगरको फुटपाथ क्षेत्रमा आउने व्यापारिु स्वतस्फूर्त रुपमा आएका छन तर ती व्यापारी रिडीमा आउने तिर्थ यात्रिलाइ सामान्य सुविधा दिनका लागि स्थानिय तह उदासिन बने ।
काली गण्डकी तट सम्म पुग्ने कालिगण्डकी करिडोर मा एकातिर दर्शनार्थी हरुको भिड र अर्काे तर्फ गाडि धुलो उडाउँदै हिँडेको दृष्यले यसपटको रिडीमेला धुले मेलामा परिणत भएको देखियो ।
रिडीबजारमा सडक बत्ती पनि व्यवस्थित देखिएन बाहिर बाट आउने व्यापारी पनि लावारिस देखिए ।
कोभिड का कारण मेला कम हुने अनुमान त थियो तर जति दर्शनार्थी आउँछन तिनीहरुलाइ व्यवस्थित रुपमा कालिगण्डकी तटमा पुर्याउने र मठ मन्दिरको दर्शनका लागि उचित बन्दोवस्त गर्ने काम स्थानिय तहको हो तर यो वर्ष व्यापारी बाट कर उठाउन नपाएको स्थानिय तहले व्यवस्थापनमा चासो दिएन रिडी बजारमा सामाजसेवि युवा प्रेम भण्डारीले भन्नु भयो ।
हुन पनि अहिले सम्मकै अव्यवस्थित मेला यो पटक थियो तर शुरक्षा निकाएको समृयताका कारण मेला केही अनुशासित देखियो ।
रुरुक्षेत्र वडा न १ का जन प्रति निधिले त गाउँ पालिकाले माघेसक्रान्ति मेलामा केही सकृयता नदेखाएका बताए ।
गाउँपालीका ले मेलामा खासै चासो देखाएन वडा पनि निष्कृय रह्यो रुरु १ का वडा सदस्य फर्सुराम ज्ञवालीको प्रतिकृय थियो ।
यो वर्ष डोल्पा बाग्लुँग सिन्धुपाल्चोक रोल्पा बाट आउने राडि पाखी डोका डाला ठेका ठेकी सुपाका व्यापारी न्यून थिए ।मात्र दर्शनार्थी हरु नुहाउन र दर्शन गर्न आएर माघेसक्रान्ति मेलालाइ परम्परा भर्ने काम गरेका छन ।