३ माघ,
कृष्ण अन्जान
प्रधानमन्त्रीको सँसद विघटनलाई असवैधानिक कदमको रुपमा लिएको नेपाल कँग्रेसले देशव्यापी विरोध प्रदर्शन गरिरहँदा रुरुक्षेत्रको बलेटक्सारमा पनि विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा बोल्दै नेपाली कँग्रेस गुल्मीका जिल्ला कार्य समितिका सदस्य थम्मन बहादुर केशिले नेपाली कँग्रेस निर्वाचन वाट डराएको छैन तर नेपाली राजनीतिमा प्राजातान्त्रिक मुलधारको पार्टी भएका कारण संविधान मिचेर चालिएको सँसद विघटन जस्तो असँवैधानिक कदम लाई चुपचाप समर्थन गर्न पनि नसक्ने बताउनु भयो । नेपाली कँग्रेस क्षेत्र न १ का सह सचिव समेत रहेका तरुण दल गुल्मीका उपाध्यक्ष मधु ज्ञवालीले जनमत कता छ भनेर जान्ने माध्यम निर्वाचन हो तर असँबैधानिक कदमको डटेर विरोध गर्नु नेपाली कँग्रेसको प्रजातान्त्रिक आचरण भएको बताउनु भयो ।राजनैतिक सर्वसत्तावाद नेपाली कँग्रेस लाई स्विकार्य छैन तर निर्वाचनबाट पछि पनि हट्दैन ज्ञवालीले भन्नु भयो ।
नेपाली कँग्रेस रुरुक्षेत्र गाउँ पालिका सँयोजक ठाकुर प्रसाद पन्तको अध्यक्षतामा भएको विरोध सभामा रुरुक्षेत्र गाउँपालिका वडा न ३ का पार्टी सभापति कृष्ण ज्ञवाली रुरुक्षेत्र ५ का वडा सदस्य राजकुमार श्रेष्ठ लगाएतले आफ्ना धारणा राख्नु भएको थियो ।कार्यक्रमको सन्चालन रुरुक्षेत्र १ का नेपाली काँग्रेस का पार्टी सचिव अच्युत राम ज्ञवालीले गर्नु भएको थियो । यसैविच उक्त कार्यक्रममा रुरुक्षेत्र १ का नेपाली काँग्रेसका नेता रमेश चन्द्र ज्ञवालीको असामायिक निधनमा मौन धारण सहित शोक प्रस्ताव पारित गरिएको छ । २००३ सालमा रुरुक्षेत्र १ को भटकुवा मा जन्मनु भएका रमेश चन्द्र ज्ञवालीको आज विहान निधन भएको छ ।२०२२ सालदेखि निरन्तर नेपाली कँग्रेसको राजनितीमा आफुलाइ समाहित गर्नु भएका ज्ञवाली नेपाली प्रजातान्त्रिक आन्दोलनमा सरिक रहनु भयो ।नेता ज्ञवालीको निधनमा पार्टीले रुरु १ मा नेपाली काँग्रेसका निष्ठावान अभिभावक गुमाएको तरुण दलका जिल्ला उपाध्यक्ष मधु ज्ञवालीले बताउनु भयो ।