चुरामनी तिमिल्सिना
५ पुस
गुल्मिको रिडिमा प्रथम वाड अध्यक्ष कप प्रतियोगिता चार दिने कार्यक्रम गरि सम्पन्न भएको छ २० समुहको सहभागिता रहेको प्रतियोगितामा ठुलो लुम्पेक खेल कुद समितीले प्रथम स्थान हासिल गरेको हो । यसै गरि पाल्पा रामपुर ९ दुतिय र कालीगण्डकी गाउँ पालिका वाड न ४ बिर्घाले तिर्तिय स्थान हासिले गरेको हो कार्यक्रममा प्रथम हुने समुहलाइ रु ३५ हजार दुतियलाइ २५००० हजार यस्तै तिर्तिय हुनेलाइ रु १५ हजार मायाको चिनो प्रमाण पत्र र ट्रफी बितरण गरियको थियो।
समापन सत्रका प्रमुख अतिथी वाड न १ का वाड अध्यक्ष रामलाल बिकले पालिका तथा स्थानिय सरकारको पहिचान गराउन खेल कुदले ठूलो भुमिका खेलेको भन्दै समयले साथ दियमा आगामी बर्ष पनि यस्तै कार्यक्रम आयोजना गरिने बताउनु भयो । समापन सत्रको अध्यक्षता कार्यबहाक अध्यक्ष सोभित थापाको रहेको थियो ।
कार्यक्रममा सामाजिक अभियान्ता हिमाल थापा कयाप्टेन सुरज गुरुङ , राष्ट्रिय यम्पायर देब थापा प्रादेशिक नारायण सारु मोतिलाल घर्मगर रहनु भएको थियो।
यसै गरि ब्याडमिन्टन प्रतियोगितामा ६४ समुहको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण कलबका सचिब राजेन्द्र जबराले गर्नु भएको छ ।