६ माघ
उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहेको । यता तराईका भू(भागहरूमा हुस्सु लाग्ने सम्भावना छ ।
आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू(भागका एक वा दूई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।