माघ ६ गुल्मी ।
सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तर्गत प्रगतिशिल महिला उद्यम समूह धुर्कोट गाउँपालिका वडा नं २ पिपलधाराले विद्यार्थीलाई स्टेशनरी उपहार दिएको छ ।
ज्ञानोदय माद्यामिक विद्यालयमा कक्षा ५ मा अध्यानरत कुस्मा मुखियालाई स्टेशनरी सामाग्री एक कार्यक्रमका हस्तान्तरण गरिएको हो ।
भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्म साथ गर्दै उक्त सहयोग गरिएको समूहले जनाएको छ ।
समूहले सबै सदस्यले सामुहिक प्रतिवद्धता गरे बमोजिम समुहका २५ जनासदस्यहरूले रु २० का दरले रकम जम्मा गरी कुस्मा मुखियालाई एक दर्जन कपि र २ प्याकेट डटपेन उपहार प्रदान गरेको समुहकी अध्यक्ष प्रभा थापाले जानकारी दिनुभयो ।