माघ ७, गुल्मी ।
सुनसरी, डडेल्धुरा, चितवन र महोत्तरीका छुट्टा(छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
सुनसरीको दुहबी नगरपालिका(१० इनरुवास्थित सडकमा प्रदेश १(०२(००१ ज ३८६८ नम्बरको माइक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई मंगलबार दिउँसो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बृख मण्डल र माइक्रोमा सवार इनरुवा नागरपालिका(२ बस्ने २६ वर्षीया काजल मेहताको जीवनज्योति अस्पतालमा तथा माइक्रोका सहचालक सप्तरी देउरीवना(१ बस्ने ३५ वर्षीय शंकरकुमार यादवको विराट नर्सिङ होम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हाल फरार माइक्रो चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका(२ कुस्मालीस्थित भित्री सडकमा से १ त ३८१३ नम्बरको ट्याक्टर पल्टिएर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय गणेशबहादुर ऐर ट्याक्टर मुनि च्यापिन गई घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ट्याक्टर चालकसमेत पाँचजना घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा चारजना सामान्य उपचारपश्चात् डिश्चार्ज भएका छन् भने एकजनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।
यसैगरी चितवनको राप्ती नगरपालिका(५ स्थित सडकमा ना ७ ख २१११ नम्बरको बस र ना ६ ख ४२८१ नम्बरको ट्रक मंगलबार राति एकआपसमा ठक्कर खाँदा बसका चालक खोटाङ घर भएका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका बसका सहचालक र ट्रकको सहचालकलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ। दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरीको गौशाला नगरपालिका(१ स्थित सडकमा ज १२ प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषा धनौजी गाउँपालिका(५ बहुवर्वा बस्ने २० वर्षीय नौसाद अन्सारीको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालक तथा मोटरसाइकलमा सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।