चुरामणी तिमिल्सिना
रिडी ८ माघ ।
रिडी माध्यमिक विध्यालय रुरु क्षेत्र गाउँपालिका वाड न १ रिडीमा प्रधानाध्यापक रोहित भण्डारीको प्रमुख संरक्षण रहने गरि अनुज न्यौपाने अध्यक्षतामा विज्ञान क्लव को गठन गरिएको छ । विज्ञान विषयको सबै कुराहरुलाइ सहजीकरण गर्न , आधुनिक प्रबिधि सङग सबै बिधाथी हरुलाइ जोड्न तथा विद्यार्थीको दैनिक क्रियाकलालाई प्रभावकारी बनाउन क्लव गठन गरिएको प्रधानाध्यापक रोहित भण्डारीले बताउनु भयो ।
भण्डारीकै अग्रसरतामा १९ सदस्य समितिको निर्माण गरियको हो । जस्को उपाध्यक्षमा प्रल्हाद ज्ञवाली सचीवमा सचिन ज्ञवाली कोशाध्यक्षमा कृष्टिना कुवर यस्तै सदस्यहरुमा पदम पाण्डे पुर्णिामा ज्ञवाली अनिस ज्ञवाली प्रवेश चन सचिन खनाल ,बबिता थापा , प्रतिमा ज्ञवाली , दिपेश श्रेष्ठ दिनेश ज्ञवाली ,भुवन कुवर अमृत कुवर संकल्प मरासिनी , सुपरिया भट्टराई ,र बिहानी ज्ञवाली रहनु भएको छ ।
यस्तै समितिको कार्यक्रम लाई सल्लाह सुझाब प्रदान गर्न शिक्षकहरु टिकाराम पौडेल बाल कृष्ण ज्ञवाली र गणेश ज्ञवाली लाई चयन गरिएको छ ।