माघ ८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांँग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा बिघटनविरुद्ध पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो । ६ हजार ७४३ वडामा आयोजना गरिएको विरोध प्रदर्शनमा नेताहरुले सम्बोधन गरेका थिए ।
गुल्मी कांग्रेसले पनि आज जिल्लाका ९३ वटै वडामा विरोध प्रदर्शन गरेको छ
असंवैधानिक संसद विघटन विरुद्ध वार्ड स्तरीय कांग्रेसको विरोध कार्यक्रम छत्रकोट ४ दिगाम, श्रृङ्गामा पनि सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस वडा सभापति जित बहादुर पौडेलको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला प्रतिनिधि भेषराज कडेलको प्रमुख आतिथ्यता ,केन्द्रीय नीति प्रशिक्षण तथा अनुसन्धान प्रतिस्ठान का सदस्य योगराज कडेल शर्मा को विशेष आतित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस वडा सचिव माधव कडेलले गर्नुभएको थियोे ।
यसअघि कांग्रेसले संसद विघटनको कदम विरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो ।