माघ ०८ ।
सुरेश छन्त्याल
संसद बिघटनको बिरुद्ध बागलुङ को गलकोट नगरपालिका १० पाण्डबखानीमा नेपाली काँग्रेस वडा कार्य समिति पाण्डबखानीको आयोजनामा लोकतन्त्र, बिधिको शासन र संबिधान रक्षाको लागि आयोजित बिरोध कार्यक्रम सम्पन्न भएको छ।
पार्टीका सभापति देवराज पुनको अध्यक्षता, नेपाली काँग्रेस बागलुङ जिल्ला सदस्य रामप्रसाद वि.क को प्रमुख आथित्यतामा भएको कार्यक्रममा केपी तिम्रो पाराले दुख पाए साराले, कम्युनिस्ट सरकार मुर्दावाद, असैवैधानिक कदम खारेज खारेज गर, लोकतान्त्रिक व्यवस्था लागू गर भन्ने नाराका साथ पुरानो हेल्थपोष्टदेखि काफ्रे, लेङ्गुरे, वाइगाउ, गैराभाटी हुँदै कार्यक्रम स्थलमा आएर कोण सभामा परिणत भएको थियो।
कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ती मगरले संविधानको रक्षा गर्न सम्पूर्ण नागरिक एक हुनुपर्नेमा जोड दिदै यदि संविधान भंग भएमा मुलुक सोमालिका, इथोपिया, क्युवाको जस्तो हालत हुने दाबी गर्दै हामिले सरकारले गर्ने अंसवैधानिक कदम विरोध सदकबाट गर्नु पर्छ भन्ने धारणा व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधि राधिका पुन, नेपाल विद्यार्थी संघ बागलुङका पुर्व अध्यक्ष कमल श्रीस, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल, भुतपुर्व सैनिक संघ, महिला प्रतिनिधि, नेपाल दरुणदलका प्रतिनिधि, मानसिह छन्त्याल, पुर्व गाविस अध्यक्ष याम काउचा लगाएतले आफ्नो धारण राखेका थिए