माघ ९
कृष्ण अन्जान
रुरु
पवित्र रिडी धाम र त्यहाँको रिडी बजारको बसपार्क क्षेत्रमा आएर रोकिने सवारीका साधनका यात्रि हरुका आँखा प्रत्येक होटल तथा पसल अगाडि चाँग लगाएर राखेका
पोकामा पर्छन ।
ती पोका हरु अरु केहि नभएर थोर्गा दिगाम र दार्सिँगवासमा उत्पादन गरि रिडीमा विक्री गर्न ल्याइ पुर्याइएका गुँडका पोका हुन ।
यसरी होटल तथा पसल हरुमा राखिएका गुँडका पोका रिडीहुँदै काठमाडौ बटौली पोखरा तिर जाने र रिडी हुँदै अर्घाखाँची बाग्लुँग र गुल्मीका अनेकौँ क्षेत्रमा जाने यात्रि हरुले रिडीबजाराबाट थोर्गेली र दिगामे गुँडको कोसेली लिएर जाने गरेको वसपार्क क्षेत्रमा पसल गर्ने कृष्ण जोशिले बताउनु भयो ।
रिडी बजारमा थोर्गेली गुँडको अत्यधिक माग छ ।रुरुक्षेत्र ३ थानपतीमा उत्पादन हुने विभिन्न थरिका गुँड ले रिडी बजार क्षेत्रको बसपार्क ढाकेको छ । थोर्गेली चाम्रो हाडे फसफसे र मसालेदार गुँड रिडी बजारमा गुँड उत्पादक हरुले पुर्याउँछन ।
मसालेदार गुँड प्रतिकिलो ३ सय र अन्य गुँड किलोको २ सयका दरले बिक्री हुने गरेको रिडीबजारका अजित श्रेष्ठको भनाइ छ ।
यहाँबाट गुँड बुटवल काठमाण्डौ नारायण गढ नेपालगन्ज बाग्लुँग सम्म पुग्छ र गुल्मीको कोसेलिको रुपमा गुँड सबैले लाने गरेका छन ।
मधुमेह थाइराइड लगाएतका रोगि हरुले पनि गुँडको प्रयोग गर्न सकिने भएकाले पनि गुँडको खरिद बिक्री हुने गरेको छ ।
तर पछिल्लो चरणमा गुँड पार्दा खुदोमा चिनिमिसाएर गुँडमा मिसावटका कारण विश्वसनीयतामा कमि आएको मात्र होइन मधुमेहका रोगिले गुँड उपयोग गर्दा बिरामी नै परेको गुनासो आएको खरिद गरेर बेच्ने गुँड व्यापारीको छ ।
रुरुक्षेत्रबाट उत्पादित गुण अर्गानिक हुनुपर्ने र मिसावट रहित गुँड उत्पादन गर्न सके व्यवसायिक गुँड उत्पादक किसानले राम्रै आम्दानि गर्न सक्ने छन ।