माघ ९
पाल्पा ,।
जङ्गलमा रतुवा मृग मार्ने क्रममा आफैँले बोकेको बन्दुक पड्किँदा पाल्पामा एक बालकको ज्यान गएको छ ।
साथीलाई दिने क्रममा बन्दुक पड्किँदा रिब्दीकोट गाउँपालिका(८ का १३ वर्षका लक्ष्मण छहारीको ज्यान गएको हो । प्रहरीकाअनुसार उनी दानसिङ डाँडाको चिलाउने पानी सामुदायिक वनमा चार जना साथीसहित सिकार गर्न गएका थिए ।
उनका साथीहरु रैनादेवी छहरा गाउँपालिका ४ का १७ वर्षका ज्ञानबहादुर गाहा, १४ वर्षका कमल राना र रिब्दीकोट गाउँपालिका ८ का १३ वर्षका देवबहादुर गाहालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।