माघ १०
कृष्ण अन्जान
रुरु
रुरुक्षेत्रको वडा न २ ग्वादि गाउँमा युवा हरु यति बेला कृषि र पशुपालनमा निकै सकृयताका साथ लागि परेको छन ।
ग्वादीको भट्टबारी का उपेन्द्र मल्ल चौविसै घण्टा आफ्नो कल्पना पोल्ट्रि एण्ड लाइभस्टक फार्म मा भेटिनु हुन्छ ।
यतिबेला यो बाख्राफार्ममा करिव ७५ वटा माउ पाठा पाठि बाख्रा छन ।मल्लको फार्ममा जमुनापारि खरि र बोयर जातका बाख्राहरु छन ।
शुरुमा ब्रोइलर कुखुरा पाल्न शुरु गर्नु भएका मल्ल यतिवेला बाख्राको व्यवसायिक पालक कृषकको रुपमा हुनुहुन्छ ।
सैनाको बनकट्टामा बसोवास सरिसक्नु भएका उपेन्द्र मल्ललाइ आफ्नो पुर्ख्यौली थलो ग्वादीको ४५ रोपनी जग्गामा नुन छरेर जानू पर्ने बाध्यता भयो तर उक्त जग्गा त्यतिकै छाडेर जान मन लागेन र बाबा देवेन्द्र राज मल्लको सल्लाहमा व्यवसायिक कुखुरा पालनबाट आफ्नो बाबुबाजेको थलोलाई गुल्जार बनाउनु भयो ।
शुरुमा ४० लाखको लगानीमा व्यवसाय शुरु गर्नु भएका उपेन्द्र मल्लको फार्म को लागानि करिब एक करोड पुगेको मल्ळे बताउनु भयो ।
यतिबेला आफ्नो जायजेथामा ४० रोपनि जग्गा लिजमा लिएर करिब ७५ रोपनि जग्गामा घाँस पातको व्यवस्था गरिएको छ ।
करिब ३० रोपनि जग्गामा किम्मु सुपर नेपिएर तथा अन्य रैथाने जातका प्रसस्त घाँस हरु छन ।
बोयर जातका बाख्रा लिन रामेछाप बाट समेत लिन आउने गरेको र देशैभरिबाट बोका बाख्रा किन्न आउने गरेको उपेन्द्र मल्लले बताउनु भयो ।
मल्लको फार्ममा १ हजार लोकल कुखुरा र त्यतिकै सँख्यामा बट्टाई रहेका छन ।
रुरुक्षेत्रकै उत्कृष्ट किसानको रुपमा परिचित उपेन्द्र मल्ललाइ प्राविधिक सहयोग रुरुगाउँ पालिकाको पशु सेवा शाखाबाट दिँदै आएको छ ।
मासिक रुपमा प्राबिधिक सुविधा विमा अौषधि दिने गरेको पशुसेवा शाखाका प्रमुख हिमलाल पण्डेले बताउनु भयो ।
समृद्धिको यात्रमा उपेन्द्र मल्लको परिस्रम देख्न लाएक भएको र सफल पशु तथा पन्छि पालक किसान रहनु भएको पशुविकास अधिकृत पाण्डेको बुझाइ छ ।
ग्वादि जस्तो ग्रामीण क्षेत्रमा कठिन यात्रा शुरु गर्नु भएका मल्लले गाउँमा त्यसै छाडेर जानेका जग्गाको घाँस सदुपयोग गरिदिनु मात्र भएको छैन छोडेका घरबारीको रेखदेख गर्नु भएको छ ।
परिवारका सबै सदस्य लाई आ आफ्नो कामको जिम्मा दिनु भएका उपेन्द्र मल्लको पशुपँछि फार्मको नजारा हेर्न लाएक रहेको रुरुबाट कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।