अस्लेवा, १० माघ
चुरामणि तिमिल्सिना
कालीगण्डकी कृषि सहकारी सस्था लि सत्यवती गाउँ पालिका वाड न १ अस्लेवा गुल्मिले विविध बिधाका सम्मान बितरण गर्दै सस्था स्थापना कालको १६ औ बार्सिक साधरण सभा सम्पन्न भएको छ । सस्थाका सचीव बिष्णु प्रसाद पाण्डेले आर्थिक बर्ष ७६ ७७को २करोड ११ लाख बराबरको महालेखा परिक्षकको प्रतिबेदन प्रस्तुत गर्नु भयो ।
गाउँ पालिका वडा न १ का वाड अध्यक्ष तथा सामाजिक बिकास समितिका सम्योजक भिमलाल पाण्डे कार्यक्रम मा प्रमुख अतिथी रहनु भएको थियो। प्रमुख अतिथी पाण्डेले सस्थालाइ शुभकामना प्रदान गर्दै यश पालिका भर बैधानिकता प्राप्त गरेका तथा अन्य निकायको सहयोग बाट सन्चालन भएका सबै सहकारी सस्थाहरुलाइ पालिकाले आबस्यक ता अनुसार माग भएको खन्डमा सहयोग तथा विविध तालिम हरु पनि उपलब्ध गराउने प्रतिबद्धता जनानु भयो। यति मात्र नभइ यस सहकारीले सस्तो दरमा कर्जा प्रबाह गर्दा सस्थामा आबद्ध सियर सदस्यरुलाइ महगो व्याजबाट बचाउन अहम भुमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा विशिष्टअतिथि पालिकाकै पुर्ब कृषि अभियानता तथा हालका सामाजिक अभियानता उमनाथ घिमिरे रहनु भएको थियो। घिमिरेले कार्यक्रममा मन्तव्य राख्दै भनुभयो यस भेगमा आफुले कृषि गर्न सिकाय पछी बर्तमान समयमा अस्लेवा बासीले निकै राम्रो कृषि क्रान्ती गर्न अग्रसरता देखायकोमा धन्यवाद दिनुभयो । यता वाड सदस्य मुक्तिराम पाण्डे सस्थाका सम्पुर्ण सियर सदस्य महिला समूह समाजसेवी बर्ग हरुको सहभागीता रहेको थियो ।
यस्तै सहकारी सस्थाले माध्यमिक तहमा सर्ब कृस्ठ सियर परिवारका सदस्यका छोरा क्षितिज पाण्डे उत्कट कृषकमा हुमाकान्त पाण्डे जेष्ठ नागरिक तर्फ टिनि सरा पाण्डे लाई सम्मान पत्र नगद र दोसल्लाका सम्मान गरेको हो । यस्तै यश सस्थामा ४९५ जना सदस्य रहेको , यसैको नामबाट सहकारी सुपथ मुल्यको पसल सन्चालन गरिएको कृषकहरुलाइ सिजन अनुसार रासायनिक मल उपलब्ध गरइएको र आगामी बर्ष देखि सहकारीको प्रचारप्रसार गर्ने पत्रकारलाई उत्कट पत्रकार सम्मान गर्ने कार्यक्रमका सभापती तथा सन्चालक समितिका अध्यक्ष हरि हर पाण्डेले बताउनु भयो कार्यक्रममा स्वागत सदस्य यज्ञ बहादुर पाण्डे को रहेको थियो भने सन्चालन सचिब बिष्णु प्रसाद पाण्डेले गर्नु भएको थियो ।