गुल्मी, माघ ११ ।वामी विश्व सम्पर्क मन्च द्वारा छात्रवृत्ति वितरण कार्यक्रमसम्पन्न, भएको छ ।
मुनापा ७ वामिटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसमा केहि समय अगाडी बसेको समितिको बैठकले साविक वामी गाविस भित्रका विद्यालयहरुबाट उपल्लो कक्षाबाट उत्कृष्ट अन्क ल्याउने १ छात्र र १ छात्रालाइ जेहन्दार छात्राबृत्ती प्रदान गर्नेस
त्यस्तै प्रत्येक विद्यालयमा १ जनाको लागि विपन्न छात्रवृत्ति प्रदान गरिने निर्णय गरेबमोजिम छात्रवृत्ति वितरण गरिएको वामी विश्व सम्पर्क मन्च मुल
समितिका सचिव रामचन्द्र सापकोटाले नबखबरलाइ जानकारी दिनुभयो ।
समितिको निर्णय बमोजिम शुक्रबार महेन्द्र आदर्श नमुना मा वि मा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको सापकोटाले जानकारी दिनुभयो
वितरण कार्यक्रममा विद्यालाका प्रधानाध्यापक समेत रहनुभएका देवीराम शर्माले बोल्दै पुरस्कार सहि तरिकाले प्रयोग गर्न विद्यार्थीहरुलाई अनुरोध गर्दै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा अभिभावकहरुलाई बधाईका साथ टिका लगाई हौशला प्रदान गर्नुभएको थियो ।
वितरण कार्यक्रम मंचका अध्यक्ष ज्ञानेश्वर काफ्लेको अध्यक्षता, सचिव रामचन्द्र सापकोटाको संचालन तथा कोषाध्यक्ष महेश्वर घिमिरेको सहजिकरणमा सम्पन्न भएको थियो ।
यसैबीच शारदा विद्यामन्दिर मन्दिर मा वि बाट छात्रवृत्ति प्राप्त गर्न छुट भएका एक जनालाइ समेत महेन्द्रमा भएको कार्यक्रममा समावेश गरि वितरण गरिएको थियो ।
महेन्द्र संगै कार्यक्रममा लक्ष्मीनारायण प्रा वि र वालशिक्षा प्रा वि संग सम्बन्धित विद्यार्थीहरुलाई पनि सोहि कार्यक्रममा जम्मा २५ हजार बराबरको छात्रवृत्ति वितरण गरिएको थियो
वामी विश्व सम्पर्क मञ्चद्वारा नियमित रूपमा प्रदान गरिँदै आएको छात्रवृत्ति वितरण कार्यक्रम गत पुस २४ गते बाट सुरु गरिएको वितरण कार्यक्रम माघ ९ गते सम्पन्न गरिएको हो ।
प्रत्येक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम गरिने भएकोले केहि समय लाग्ने गरेको समितिको भनाइ छ ।
शैक्षिक सत्र २०७६ लाई आधार मानेर वितरण गरिएको उक्त छात्रवृत्ति कोरोनाको प्रभावका कारण ढिलो गरी वितरण गरिएको हो । मुसिकोट नगरपालिका वडा नं ८ अन्तर्गत पर्ने श्री मालारानी प्रा़,वि,का ३ जना, श्री सहिद सम्सेर स्मारक प्रा विका ३ जना, श्री देउराली प्रा,वि का ३ जना, श्री ठूलो खर्क प्रा वि का ३ जना, श्री खड्कदेवी प्रा वि का ३ जना तथा शारदा विद्या मन्दिर मा वि का १ जनालाई जनही २,००० का दरले ३२,००० तथा शारदा विद्या मन्दिर मा वि का २ जनालाई जनही ५,००० का दरले १०,००० गरी जम्मा ४२,००० श्री शारदा विद्या मन्दिर मा वि को प्रांगणमा एक कार्यक्रमका बीच वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष ज्ञानेश्वर काफ्ले, सचिव रामचन्द्र सापकोटा, कोषाध्यक्ष महेश्वर घिमिरे, सदस्य लोकप्रसाद छन्त्याल लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यसैगरी मुसिकोट नगरपालिका वडा नं ७ सेरामा अवस्थित श्री जनज्योति प्रावि मा पनि तिन जनालाई जनही २००० का दरले ६००० छात्रवृत्ति वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा उपाध्यक्ष डिलाराम खरेल, सदस्यहरू कृष्ण थापा र सुमित्रा भण्डारीको उपस्थिति रहेको थियो ।
प्रत्येक शैक्षिक सत्रको नतिजालाइ आधार मानेर प्रदान गरिने छात्रवृत्ति सोही आर्थिक वर्षको असार मसान्तसम्म वितरण गरिसक्नुपर्ने भएपनी यस वर्षभने कोरोनाको महामारीले गर्दा ढिला भएपनी कार्यक्रमलाई निरन्तरता दिइएको समितिका अध्यक्ष ज्ञानेश्वर काफ्लेले बताउनुभयो ।
समितिले प्रत्येक वर्ष दाताहरुबाट संकलित रकमबाट सहयोगका कार्यक्रम गर्दै आएपनी अब भने १२ लाख रुपैयाँ बैंकको मुद्दती खातामा राखेर त्यसबाट प्राप्त ब्याजबाट नियमित कार्यक्रमलाई निरन्तरता दिइने मन्चले जनाएको छ ।
छात्रवृत्ति रकम साविक वामी गाविसका माध्यमिक विद्यालयहरुमा १० कक्षामा उत्कृष्टलाई प्रती विद्यार्थी ५ हजारका दरले वितरण गर्दै आएको र अन्य विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाइ प्रती विद्यार्थी २ हजारका दरले वितरण गरेपनी विपन्न विद्यार्थी छात्रवृत्ति भने छनोट भएका सबैलाई २ हजारका दरले दिइदै आएको बताइएको छ ।
२०७१ सालदेखी सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा पहिलो वर्ष कृष्ण चालिसे,२०७२र७३र र ७४ सालमा हेमु बोहोरा, २०७५ सालमा टंक कण्डेलको सहयोगमा वितरण गरिएकोमा २०७६ सालको वितरण भने समितिको आफ्नै कोषबाट गर्न लागिएको बताइएको छ ।