माघ ११ ।
कृष्ण अन्जान
रुरु
रुरुक्षेत्र १ का नेपाली काग्रेसका नेता रमेश चन्द्र ज्ञवालीको निधनमा नेपाली काग्रेस रुरुक्षेत्र १ वडा कार्य समितिले आठौँ दिनको पुण्य तिथिमा शोकसभा सम्पन्न गरेको छ ।
शोकसभाम मृतात्मा प्रति शव्द श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काग्रेस का जिल्ला कार्य समिति गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले स्वर्गीय रमेश चन्द्र ज्ञवालीले पार्टीका लागि पुर्याउनु भएको लामो समयको योगदानको नेपाली काग्रेस ले उच्च मुल्यांकन गर्ने बताउनु भयो।
शोकसभामा बोल्दै जिल्ला सचिव खिलध्वज पन्थीले ज्ञवाली जस्ता अग्रज हरुको पार्टी प्रतिको अटुट आस्थाले पार्टी जिवन्त रहेको बताउनु भयो ।
स्वर्गीय रमेश चन्द्र ज्ञवाली प्रति समबेदना प्रकट गर्दै स्थानिय समाजसेवी तथा नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवालीले वहाँले सामाजिक र राजनैतिक क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै निडरता र इमान्दारिताको सम्मान गर्नु भयो ।
नेपाली काग्रेस रुरुक्षेत्र १ वडा कार्य समितिका सभापति रामचन्द्र भट्टराइको सभापतित्वमा भएको शोक सभाको सन्चालन नेपाली काग्रेसका वडा सचिव अच्युत राम ज्ञवालीले गर्नु भएको थियो ।
शोकसभामा नेपाली काग्रेस जिल्ला कार्य समिति , रेसुँगा नगर समिति , रुरु क्षेत्र गाउँ पालिका समिति, उधोग वाणिज्य सँघ गुल्मी का पदाधिकारी लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
२०२२ सालदेखि नेपाली काग्रेसको राजनितीमा प्रवेश गर्नु भएका स्वर्गीय ज्ञवालीको अवसानले यो क्षेत्रमा नेपाली काग्रेसको पार्टीलाई अपुरणिय क्षति भएको नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष तथा रुरुक्षेत्रक युवानेता मधु सुदन ज्ञवालीलाइ उदृत गर्दै रुरुवाट सहकर्मी कृष्ण अन्जान ले समाचार पठाउनु भएको छ ।