माघ १२
निर्वाचन आयोग गुल्मीले जिल्लाका राजनितिक दल, नागरिक समाज, पत्रकारहरुलाई मतदाता नामावली सम्बन्धी सैद्धान्तिक तथा कानुनी जानकारी गराएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २०७८ साल बैशाख १७ र २७ गतेमा हुने प्रतिनिधि सभाको निर्वाचनमा दलहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी शर्माले जानकारी गराउनुभएको थियो ।
निर्वाचन आयोग नेपालले मतदाता नामावली अधाबधिक दाबी बिरोध समेत कार्यक्रम २०७७ अन्तर्गत मतदाता नामावलीमा नाम हटाउने त्रुटि सच्चाउने दाबी बिरोध र दोहोरो नामावली हटाउनका लागि काम सुरु हुने भएको छ । मुलुक भर ७५३ तहमा नै २०७७र१०र१५ देखि २०७७र१०र२१ सम्म स्थानीय तहको पालिका रहेको स्थानमा सहायक नाम दर्ता अधिकारिको ब्यबस्था मिलाएको छ। २०७७र०९र५ सम्म १८ बर्ष पूरा भै मतदाता नामावलीमा समाबेश भएका मतदाताहरुको नाम हटाउने त्रुटि सच्चाउने दाबी बिरोध गर्न सकिने छ।
स्थानीय तहमा स्थानीय समन्वय तथा प्रचार प्रसार समिति गठन गरि कार्यक्रमलाई प्रभावकारी रुपमा आम मतदाता सम्म पुग्ने गरि कार्य अगाडी बढने छ। आउदो माघ १५ देखि २१ गते सम्म यससम्बन्धी कार्य गरिने भएकाले यसलाइ सफल गराउन सबैमा अनुरोध गरिएको छ।
कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकारहरुले निर्वाचन आयोगले गर्नुपर्ने कार्य विगतका निर्वाचनमा भएको काम भन्दा कमी रहेको हो की भन्ने आशंका गरेका थिए । छोटो समय अवधि रहेकाले धेरै मतादाता छुटने हुनकी भन्ने गुनासो उनिहरुको थियो । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निमित्त प्रमुख श्याम कुमार पाण्डेले निर्वाचन निष्पक्षय धाँधलि रहित र अनुशासित ढङ्गले निर्वाचन सम्पन्न पार्न जिल्लाका राजनितिक दललाई जानकारी गराउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा गएको पुस ५ गते विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गदै २०७८ बैशाख १७ र २७ गते मद्यावधिक निर्वाचनको मिति धोषण गर्नुभएको थियो ।