। चुरामणि तिमिल्सिना ,
माघ १३, गुल्मी ।
लुम्बिनी माध्यमिक विध्यालय तानसेन नगरपालिका वडा नं १२लुहुङमा भट्टराई दम्पती परिवारले १लाख १ हजार नगद रुपैया हस्तान्तरण गर्नु भएको हो ।आउदो आगामी बर्ष देखि माध्यमिक तह कक्षा ११ र १२ सन्चालन गर्न को लागि आर्थिक रकम प्रदान गरिएको दान वीर डिलराम भट्टराईले बताउनु भयो।आफू र आफ्ना छोरा तथा बुहारीहरुले यहीँ बिध्यालयमा अध्यापन गराएको हुनाले थप कक्षा सन्चालन गर्न घर दैलो कार्यक्रमम सन्चालन क्रममा उक्त रकम प्रदान गरेको उहाँले बताउनुभयो।
यश गाउँबाट माध्यमिक तहको शिक्षा आर्जन गर्न लामो दुरि पार गरेर पाल्पाको अर्गली , बौहागुम्बा र तानसेन जादा बिद्यार्थीहरुलाइ समयको अभाव भयको र बिबिध समस्याहरु सिर्जना हुन थाले पछी समितिको निर्णयले यसरी यो अभियानलाई सफल पार्न अगाडी बड्ने क्रममा आफ्नो परिवारले पनि सहयोगको भावना देखाएको धर्मपत्नी लक्क्षिमा बताउनुभयो ।
भट्टराई दम्पतिले प्राय गरि सामाजिक क्षेत्रमा सहयोग प्रदान गरिरहेको र आउँदा दिन्हरुमा पनि सामाजिक संघ सस्था हरुमा आफ्नो परिवारले सहयोग गर्ने , भट्टराई परिवारले बतानु भयो यता डिलराम लामो समय देखि नेपाल सरकारको नेपाल प्रहरीको जागरीबाट सेवा निबृत भएपछी आफनो समयलाई खेर फाल्न नदिइ संघ सस्थाहरुमा आवद्ध भइ काम गरिरहेको भएको छ ।