। , माघ १३, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको झिर्रामा आफ्नै बाबुले छोरीको हुत्या गरेका छन् ।
सितापुरको झिर्रा निवासी २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै २ वर्षिया छोरी सृष्टि घिमिरेलाइ नाइनलको रसीले घाटीमा कसेर हुत्या गरेको प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भएको छ।
उनले आफ्नी छोरीलाई मंगलबार दिउँसो १ बजेतिर रसीले घाटीमा कसेर हत्या गरेको प्रहरीले बताएको छ ।
बिगत केही समयदेखि श्रीमतीसँगको बिवादले श्रीमती माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी छोरीको बाबुले हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई अहिले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ