१५ माघ गुल्मी, ।
अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ अर्घातोषका ७८ वर्षीय भोटबहादुर विक ६० वर्षदेखि गाउँमा डोको बुनिरहेका छन् । गाला चाउरिए । हत्केला फाटे तर काम फटाले दैनिकी गुजारा चल्न नसक्ने अवस्था छ ।
सोही ठाउँका ७९ वर्षीय डिलबहादुर विकले पनि २० वर्षदेखि गाउँमा बाँसको काम गर्न थालेका हुन् । तन्नेरी छँदा गाउँमा हलो र ढुंगाको काम पनि गरे । डोको, मान्द्रा, भकारी र डाला बोकेर ३र४ जिल्लासमेत चहारे । सजिलै परिवार पाल्न सकेनन् । १०र१२ वर्ष भारत पुगेर काम गरे ।
बाँसबाट डोको र मान्द्राबाहेक पछिल्लो पुस्ताअनुसारका थुप्रै सामग्री उत्पादन गर्न सकिन्छ । यो पेसा बाउबाजेबाट पुस्तान्तरण भएको हो । उनीहरू कसैले छुट्टै प्रविधिको तालिम वा प्रशिक्षण पाएका छैनन् । ‘बाजेहरूकै कोखमा बसेर सिकेका हौँ,’ विकले भने, ‘स्थानीय तहले नयाँ प्रविधि र तालिम दिए पेसा छाड्नु पर्दैनथ्यो ।’
ओतमा काम गर्न पटक(पटक स्थानीय सरकारसँग भवनको माग गरे पनि सुनुवाइ नभएको कृष्णबहादुर विकको गुनासो छ ।
गाउँमा विगतमा पनि आरन सुधारका कार्यक्रम ल्याइए । अहिले सीपमूलक तालिमका लागि बजेट र योजना बनाइरहेको छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शोभाखर पाण्डेयले बताए ।
अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ अर्घातोषका अधिकांश दलित परिवारको मुख्य पेसा बाँसका विभिन्न सामग्री उत्पादन गर्ने हो । अहिलेसम्म यही पुर्ख्यौली परम्परागत पेसाले परिवार धानेका छन् ।