माघ १५
नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मील बिद्युत महशुल नबुझाउने सदरमुकाम तम्घासका ४४ जना ग्राहकको लाइन काटेको छ ।
बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीका अनुसार बिधुत महशुल नबुझाउने ४४ जना ग्राहकहरुको लाइन काटिएको र उनीहरुबाट पाँच लाख ९६ हजार ५५५रुपैयाँ ५ पैसा बक्यौता बुझाउनुपर्ने देखिन्छ ।
४४ जना ग्राहकहरुको लाइन काटिएपछि २७ जना ग्राहकहरुले बक्यौता भुक्तानी गरि लाइन जडानका लागि निबेदन दिएकाले जडान गरिएको नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रका प्रमुख इश्वरकुमार श्रेष्ठले जानकारी दिए ।
२७ जना ग्राहकहरुबाट तीन लाख १२ हजार १९० रुपैयाँ ६९ पैसा असुल भएको आय फाँटले जनाएको छ । महशुल नबुझाएका ग्राहकहरुले महशुल बझाए पश्चात लाइन जोडिदिनका लागि निबेदन दिनुपर्ने र सोही अनुसारको प्रक्रियाबाट लाइन जोडिने कार्यालयले जनाएको छ ।
गुल्मीमा बिद्युत महशुल नबुझाउने ग्राहकहरुको लाइन काट्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने कार्यालयले जनाएको छ ।